एसीसी प्रिमियर लिगअन्तर्गत शुक्रबार नेपाल र ओमानको खेल चलिरहँदा त्रिवि क्रिकेट मैदानमा बेला बेला हावाहुरी चलिरहेको थियो।
खासगरी ओमानले जवाफी ब्याटिङ अन्तिमतिर पुर्याउँदै गर्दा त्रिवि क्रिकेट मैदानमा हावा चल्यो।
बलिङका क्रममा प्रकाश रिफ्लेक्ट हुन नदिन भनेर राखिएका अस्थायी संरचना सानो हावामै ढल्न थाले।
खेलकै बीचमा क्यानले राखेका ती संरचना हावाले ढाल्न थालेपछि मैदानबाटै दौडिएर उठाउन पुगे।
भीम सार्की, करण केसीदेखि सोमपाल कामीसम्मका खेलाडी हावाले ढलेका ती संरचना उठाउन दौडिए।
प्रकाश छेक्न राखिएका ती बोर्ड ढलेर क्रिकेट मैदानस्थित बाउन्ड्री रेखा नै ढाकिएका थिए।
384
Shares
प्रतिक्रिया