खेल


हङकङविरुद्ध नेपालले पायो १०५ रनको लक्ष्य

हङकङविरुद्ध नेपालले पायो १०५ रनको लक्ष्य

नेपालखबर
चैत १, २०८१ शुक्रबार १४:२४, काठमाडौँ

युगान्डामा जारी वुमन्स डे कपमा नेपालले हङकङविरुद्ध जितका लागि १०५ रनको लक्ष्य पाएको छ। 

टस जितेर ब्याटिङ रोजेको हङकङले ८ विकेट क्षतिमा १०४ रन बनाएको हो। 

हङकङकका लागि ओपनर सान्जिन शाहजादले अर्धसतक बनाइन्। उनले ४७ बलमा ५ चौका र एक छक्का प्रहार गर्दै ५४ रन बनाएकी हुन्। 

चाल का इङले २९ बलमा १६ र यासमिन दासवनीले १५ बलमा १४ रनको योगदान गरिन्। उनले एक चौकाको मद्दतमा उक्त स्कोर बनाएकी हुन्। हङकङका अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन्।

नेपालका लागि राजमती ऐरीले ३ विकेट हात पारिन्। उनले ४ ओभरमा १७ रन खर्चिएर ३ विकेट लिएकी हुन्। इन्दु बर्माले दुई तथा पूजा महतो र ईश्वरी बिष्टले एक एक विकेट लिए।

अब नेपालले जवाफी ब्याटिङ थाल्नेछ। 

यसअघि हङकङले नेपालसँगको पहिलो खेलमा १०१ रनको लक्ष्य दिएको थियो। उक्त खेलमा नेपाल २ रनले पराजित भएको थियो।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad