खेल


सेलाएन मेस्सी विवाद : चीनमा विश्वविजेता अर्जेन्टिनाका दुई खेल रद्द

सेलाएन मेस्सी विवाद : चीनमा विश्वविजेता अर्जेन्टिनाका दुई खेल रद्द

नेपालखबर
माघ २७, २०८० शनिबार १८:१९,

चिनियाँ अधिकारीहरुले सो मुलुकमा हुन लागेको अर्जेन्टिनाको दुई खेल रद्द गरिदिएका छन्। 

अर्जेन्टिनी स्टार तथा अमेरिकी क्लब इन्टर मायामीका सदस्य लियोनल मेस्सीले हङकङमा भएको खेल नखेलेको विषयमा विवाद चर्किंदै जाँदा चीनले यस्तो निर्णय लिएको हो। 

विश्वविजेता अर्जेन्टिनाले चीनमा दुई खेल खेल्ने तय भएको थियो। मार्चमा अर्जेन्टिनाले हाङचाउमा नाइजेरियासँग र बेइजिङमा आइभेरी कोस्टसँग खेल खेल्ने तालिका थियो।

तर, गत आइतबार हङकङमा मेस्सी मैदानमा नओर्लिएपछि चिनियाँ प्रशंसक क्रुद्ध भएका थिए।

३६ वर्षीय मेस्सीले चोटका कारण खेल खेल्न नसकेको स्पष्टीकरण दिएका थिए। 

तर, तीन दिनपछि जापानमा भएको खेलमा उनी सहभागी भएपछि चिनियाँहरु अझ बढी रिसाएका छन्।

‘अहिलेका लागि लियोनल मेस्सी सहभागी हुने खेल आयोजना गर्ने बेइजिङको योजना छैन,’ बेइजिङ फुटबल एसोसियसनले शनिबार भनेको छ।

हङकङमा मेस्सीले नखेलेको खेलका दर्शकलाई टिकटको ५० प्रतिशत रकम फिर्ता गरिएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .