खेल


चिनियाँ फुटबल टोलीमाथि नेपालको फराकिलो जित दर्ता

चिनियाँ फुटबल टोलीमाथि नेपालको फराकिलो जित दर्ता

नेपालखबर
माघ २७, २०८० शनिबार १८:३२, काठमाडौँ

चिनियाँ नयाँ वर्षको अवसरमा आयोजित मैत्रीपूर्ण खेलमा नेपाली युवा टोलीले फराकिलो जित दर्ता गरेको छ। 

त्रिपुरेश्वरस्थित दशरथ रगंशालामा शनिबार भएको मैत्रीपुर्ण खेलमा नेपाली युवा टोलीले चिनियाँ टोलीमाथि ५–१ को फराकिलो जित दर्ता गरेको हो। 

नेपालको जितमा समिर तामाङले दुई गोल गरे। सन्जीब विष्ट, छिरिङ लामा र निराजन धामीको नाममा एक एक गोल रह्यो। 

खेलको पहिलो हाफमा २ गोल गरेको नेपाली युवा टोलीले दोस्रो हाफमा ३ गोल थप्दा १ गोल खान पुग्यो। 

खेलको पहिलो मिनेटमा नै चिनिया युवा टोलीका युशुका वुझोउ निमाले गोल गरेपनि रेफ्रीले अफसाइड दिएका थिए। 

खेलको दोस्रो मिनेटमा नै सन्जीव विष्टको गोलमा नेपालले सुरुवाती अग्रता बनायो। आयुष घलानले लेफ्ट विङमा चिनिया टोलीका डिफेन्डरलाई छक्याउँदै दिएको क्रसमा सन्जीव विष्टले हेडर गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए। 

खेलको आठौं मिनेटमा युशुका डान्झोउ जियाङकाईको प्रहार पोस्टको थोरै टाढाबाट बाहिरियो। 

खेलको ३९औ मिनेटमा नेपाली युवा टोलीले अग्रता दोब्बर पार्यो। छिरिङ लामाको क्रसमा समिर तामाङको हेडरले पोष्टको जाली चुमेको थियो। 

५४औ मिनेटमा समिरको व्यक्तीगत दोस्रो गोलमा नेपालले ३–० को अग्रता बनायो। खेलको ६३औ मिनेटमा छिरिङको गोलमा नेपालले ४–० को अग्रता लियो। उत्सब राईको क्रसमा आयुषको हेडर प्रयासमा गोलकिपरले पन्च गर्दै जोगाएको बलमा छिरिङले बक्सको छेउबाट सिधै गोल गरेका थिए। 

७४ औंँ मिनेटमा समिरको गोलमा निराजनले गोल गर्दै नेपाललाई ५–० को अवस्थामा ल्याए। सुमित श्रेष्ठको क्रसमा समिरको हेडरमा निराजन धामीले बललाई पोष्टको गति दिएका थिए। 

७८औ मिनेटमा चिनिया टोलीले सान्त्वना गोल फर्कायो। जिउमेइ वेनजियाङको लामोपासमा झा छिको प्रहार पोस्टमा लागेर फर्कियो। त्यही बललाई झाछी पेंगकुओले सहजै गोल गर्दै खेललाई ५–१ को अवस्थामा ल्याए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .