ad ad

खेल


लुम्बिनीले खेलकुदका लागि छुट्यायो ८ करोड

लुम्बिनीले खेलकुदका लागि छुट्यायो ८ करोड

नेपालखबर
असार १, २०८० शुक्रबार १६:२२, काठमाडौँ

लुम्बिनी प्रदेश सरकारले खेलकुदका लागि ८ करोड रुपैयाँ विनियोजन गरेको छ। 

लुम्बिनीका प्रदेशका आर्थिक मामिला मन्त्री धन बहादुर मास्कीले शुक्रबार आगामी आर्थिक वर्षको बजेट कार्यक्रम सार्वजनिक गर्दै खेलकुदका लागि ८ करोड विनियोजन गरेको जानकारी गराएका हुन्। 

लुम्बिनी प्रदेशले प्रदेशमा खेलकुद क्षेत्रको रणनीतिक योजना बनाइ खेल अर्थतन्त्रको प्रवर्द्धन गर्ने भएको छ। 

लुम्बिनीले राष्ट्रिय प्राथमिकता प्राप्त रंगशाला लगायत अन्य रंगशाला, कर्भडहल, खेल मैदान निमार्ण तथा स्तरोन्नति योजना पनि ल्याएको छ।

बजेटमा पुराना र लोपोन्मुख खेलको स्थानीय सरोकारवालाको सहयोगमा अध्ययनपश्चात संरक्षणका लागि ८ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .