ad ad

खेल


अन्तराष्ट्रिय पिस म्याराथनको उपाधि नेपाली सेनाका खगेन्द्र भाटलाई

अन्तराष्ट्रिय पिस म्याराथनको उपाधि नेपाली सेनाका खगेन्द्र भाटलाई

म्याराथनमा विजयी भएका खेलाडीहरु। तस्बिर : नेपालखबर


नेपालखबर
चैत २३, २०७९ बिहिबार १३:४७, लुम्बिनी

कपिलवस्तुको तिलौराकोटदेखि गौतमबुद्धजन्मस्थल लुम्बिनीसम्म भएको अन्तराष्ट्रिय पिस म्याराथन २०२३ को उपाधि नेपाली सेनाका खगेन्द्र भाटले जितेका छन्। 

बिहीबार प्रदेश खेलकुद परिषद्, लुम्बिनी र नेपाल ओलम्पिक कमिटीको संयुक्त आयोजनामा भएको म्याराथनमा तिलौराकोटदेखि लुम्बिनीसम्मको दूरी २ घण्टा ४० मिनेट ५७ सेकेण्डमा पार गर्दै सेनाका खगेन्द्र प्रथम भएका हुन्। 

म्याराथनमा दोस्रो भएका नेपाल प्रहरीका करण खड्काले २ घण्टा ४२ मिनेट १ सेकेण्डमा दूरी पार गरेका थिए। 

२ घण्टा ४४ मिनेट २५ सेकेण्ड दौडेर श्रीलंकाली धावक अमिला सानाथ तेश्रो भए। म्याराथनमा प्रथमले १ लाख, द्वितीय ले ५० हजार र तृतीय हुनेले २५ हजार नगद राशी प्राप्त गरे। 

कपिलवस्तुको तिलौराकोट दरबारबाट बिहान सवा ८ बजे सुरु भएको म्याराथन लुम्बिनीको शान्ति दीप रहेका गेट अगाडि पूरा भएको थियो।

लुम्बिनी प्रदेश  प्रदेश प्रमुख अमिक कुमार शेरचनले विजेता धावकहरुलाई पुरस्कार वितरण गरेका थिए।

प्रतियोगितामा ३३ पुरुष धावक सहभागी भएको लुम्बिनी प्रदेश खेलकुद परिषदका सदस्य सचिव जयप्रकाश भट्टराईले जानकारी दिए। 

खेलकुदको माध्यमबाट लुम्बिनीको पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने लक्ष्यसहित प्रतियोगिता गरेको ओलम्पिक कमिटीका महासचिव निलेन्द्रराज श्रेष्ठले बताए।  

अर्को वर्षको प्रतियोगिताका लागि  २ सय ७ राष्ट्रका ओलम्पिक कमिटीलाई  निमन्त्रणा गरिने उनले जानकारी  दिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .