ad ad

राजनीति


पहिचानकै आधारमा कोशी प्रदेशको नाम राख्न प्रचण्डलाई दबाब

पहिचानकै आधारमा कोशी प्रदेशको नाम राख्न प्रचण्डलाई दबाब

नेपालखबर
चैत २३, २०७९ बिहिबार १३:५४, काठमाडौँ

सत्तारुढ नेकपा (माओवादी केन्द्र) निकट जनवर्गीय संगठनहरूले कोशी प्रदेशको नामकरण फेरेर पहिचानको आधारमा राख्न माग गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ समक्ष ज्ञापनपत्र बुझाएका छन्।

किराती राष्ट्रिय मुक्ति मोर्चा, लिम्बूवान राष्ट्रिय मुक्ति मोर्चालगायतका जातीय संगठनका पदाधिकारीसहितको प्रतिनिधिमण्डलले बालुवाटार पुगेर ज्ञापनपत्र बुझाएका छन्।

प्रदेशको नाम कोशी भएपछि उत्पन्न परिस्थितको तत्काल वार्ताबाट हल गर्न र आन्दोलनको क्रममा निधन भएकाको परिवारलाई क्षतिपूर्तिको व्यवस्था गर्न पनि ती संगठनले माग गरेका छन्। 

ज्ञापनपत्रमा पार्टीले पहिचानको पक्षमा उठेको आन्दोलनको अपनत्व लिँदै नेतृत्वदायी भूमिका खेल्न प्रधानमन्त्रीसँग आग्रह गरिएको लिम्बुवान राष्ट्रिय मुक्ति मोर्चाका वरिष्ठ उपाध्यक्ष प्रेम मिवकले बताए।

यसअघि कोशी नामकरणको पक्षमा माओवादीका सबै सांसदहरूले प्रदेशसभामामा भोट हालेका थिए। 

त्यसबेला कमजोरी भएको भन्दै माओवादीको बुधबार बसेको पदाधिकारी बैठकले पहिचानकै पक्षमा उभिने निर्णय गरेको थियो।


 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .