खेल


कुशल मल्ललाई ५० हजार नगदसहित बुटवल उपमहानगरको सम्मान

कुशल मल्ललाई ५० हजार नगदसहित बुटवल उपमहानगरको सम्मान

क्रिकेटर मल्ललाई सम्मान गरिँदै। तस्बिर : सुदीप भण्डारी। नेपालखबर


नेपालखबर
चैत ६ , काठमाडौँ

बुटवल उपमहानगरपालिकाले नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य कुशल मल्ललाई सम्मान गरेको छ। 

बुटवल-११ देवीनगरका मल्ललाई नगद ५० हजारसहित सम्मान गरिएको हो।  

उपमहानगर प्रमुख खेलराज पाण्डेले कुशल मल्लले क्रिकेटमा गरेको उपलब्धिले बुटवलकै प्रतिष्ठा बढेको बताए। 

मल्लको थप प्रगतिका लागि  बुटवलले हरेक हिसाबले साथ दिने उनले प्रतिवद्धता जनाए। 

पाण्डेले उपमहानगरमा नगरमा खेलकुद क्षेत्रको विकासका लागि ३ करोड भन्दा बढी बजेट विनियोजन गरिएको भन्दै पूर्वाधारका क्षेत्रलाई प्राथमिकतामा राखिएको बताए। 

कार्यक्रममा बोल्दै क्रिकेटका पूर्व राष्ट्रिय खेलाडी तथा प्रशिक्षक शक्ति गौचनले बुटवलले खेलाडीलाई सम्मान गरेर खेलक्षेत्रको हौसला बढाएको उल्लेख गरे।

उनले बुटवलमा खेलकुदको धेरै सम्भावना रहेको भन्दै उपमहानगरको प्रयास उत्कृष्ट रहेको बताए ।

मल्लले बुटवल उपमहानगरपालिकाले गरेको सम्मानले आफ्नो मनोबल बढेको र आगामी दिनमा थप मेहनत गर्ने बताए।

कार्यक्रममा क्रिकेटका पूर्व राष्ट्रिय खेलाडी तथा प्रशिक्षक शक्ति गौचन र मल्लकी आमा शर्मिला मल्ललाई पनि दोसल्ला ओढाएर सम्मान गरिएको थियो।

चैत ६, २०७९, साेमबार

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .