झापाको काँकडभिट्टामा जारी पाँचौँ मेचीनगर गोल्डकपको आज भएको खेलमा पाहुना टोली उज्वेकिस्तानको ब्ल्याक बुल्स एफसी टाइब्रेकरमा धरान फुटबल क्लबसँग ५–३ को गोलअन्तरले पराजित भएको छ। निर्धारित ९० मिनेटको खेलमा दुवै टिमको १–१ गोलको बराबरी भएपछि खेललाई टाइब्रेकरमा पुगेको थियो।
खेलको ६०औँ मिनेटमा ब्ल्याक बुल्सले पहिलो गोल गर्दै अग्रता लिएको थियो। इस्लोमजोनको क्रस पासमा आशिषभेक एरिफजोनोभको हेडर गोलमा परिणत भएको थियो।
खेलको ८४औँ मिनेटमा जवाफी गोल फर्कायो । कप्तान मिलन राईको पासमा वैकल्पिक खेलाडी सुगम जिमीले गोल गर्दै खेललाई बराबरीमा ल्याए।
खेलपछि धरानका प्रशिक्षक हेम गुरुङले बलियो प्रतिद्वन्द्वीमाथि आफ्ना खेलाडीहरुको उत्कृष्ट प्रदर्शनका कारण जित हासिल गर्न सफल भएको हो। ब्ल्याक बुल्सका प्रशिक्षक सामिप्य सुवेदीले खेलाडीहरुले लामो यात्राका कारण अपेक्षित प्रदर्शन गर्न नसकेको प्रतिक्रिया दिए।
आगामी चैत २ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको विजेता टिमले रु १० लाख र ट्रफी तथा उपविजेताले रु पाँच लाख र ट्रफी प्राप्त गर्नेछ।
Shares

प्रतिक्रिया