आज बिहान कास्कीमा भूकम्पको धक्का महसुस भएको छ।
मंगलबार बिहान ४ बजेर ११ मिनेट जाँदा मादी गाउँपालिकाको साइमराङ आसपास केन्द्रबिन्दु भएर ४.३ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका वरिष्ठ भूकम्पविद् डा.लोकविजय अधिकारीले नेपालखबरलाई जानकारी दिए।
भूकम्पविद् अधिकारीका अनुसार यो गोरखा भूकम्पको परकम्प होइन। यसअघि फागुन २४ गते बागलुङ केन्द्रविन्दु भएर ४.१ र म्याग्दी केन्द्रबिन्दु भएर ४ म्याग्निच्युडको भूकम्प गएको थियो।
कास्कीसँगै गोरखा, लमजुङ, पर्वत, स्याङ्जासहितका जिल्लामा भूकम्पको धक्का महसुस भएको छ।
1.2k
Shares

प्रतिक्रिया