खेल


वीरेन्द्रनगरमा मेयर कप हुँदै, विजेतालाई चार लाख पुरस्कार

वीरेन्द्रनगरमा मेयर कप हुँदै, विजेतालाई चार लाख पुरस्कार

नेपालखबर
जेठ १४, २०८३ बिहिबार १९:५, सुर्खेत

कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा प्रदेशस्तरीय फुटबल प्रतियोगिता आयोजना गर्न लागिएको छ। 

कर्णाली प्रदेश फुटबल संघको आयोजनामा ‘प्रथम मेयर कप-२०८३’ आयोजना गर्न लागिएको हो। जेठ १५ देखि २१ गतेसम्म प्रतियोगिता हुनेछ। 

संघका अध्यक्ष प्रमोद हमालले प्रतियोगिता कर्णाली प्रदेशमा खेलकुद विकास तथा स्थानीय प्रतिभाको प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गर्न लागिएको बताए। प्रतियोगिताका लागि कर्णाली प्रदेशका विभिन्न जिल्ला र पालिका गरी १३ वटा टिम दर्ता भएका छन्। 

प्रतियोगितामा करिब १८ लाख लागत लाग्ने अनुमान गरिएको छ जसमा वीरेन्द्रनगर नगरपालिकाले १५ लाख रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको अध्यक्ष हमालले बताए। 

प्रतियोगिताका विजेताले चार लाख र उपविजेताले दुई लाख नगद पुरस्कार पाउनेछन्। प्रतियोगिताका उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई विभिन्न सात विधामा जनही १५ हजारका दरले ‘बेस्ट अवार्ड’, एक जनालाई प्लेयर अफ द म्याच पुरस्कार स्वरुप दुई हजार पुरस्कार प्रदान गरिनेछ।

यस्तै, अनुशासन प्रवर्द्धन गर्ने फुटबल टोलीलाई १० हजार पुरस्कारको व्यवस्था गरिएको आयोजकले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad