खेल


एनपीएलबाट उदाएका शर्माको कप्तानीमा कर्णाली प्रदेश यू-१६ टोली घोषणा

एनपीएलबाट उदाएका शर्माको कप्तानीमा कर्णाली प्रदेश यू-१६ टोली घोषणा

फाइल तस्बिर: क्रिकेटर विपिनप्रसाद शर्मा


नेपालखबर
जेठ १७, २०८२ शनिबार १४:३, सुर्खेत

कर्णाली प्रदेश क्रिकेट संघले क्रिकेटर विपिनप्रसाद शर्माको नेतृत्वमा १६ सदस्यीय यू-१६ टोली घोषणा गरेको छ।

यही जेठ २१ देखि ३१ गतेसम्म कर्णालीमा हुने यू-१६ क्रिकेट प्रतियोगिताका लागि शर्माको कप्तानीमा टोली घोषणा गरिएको हो।

शर्मा नेपाल प्रिमियर लिग (एनपीएल) बाट उदाएका क्रिकेट खेलाडी हुन्। 

टोलीमा नवीन न्यौपाने, भुपेन्द्रजंग शाही, कस्तुप खड्का, अफराज आलम, कुन्जन आचार्य, रोशन शाही, कैलाश खड्का, विजय बोहरा, नेत्रविक्रम खत्री, विजय शाही, यकेन्द्र बुढा, निश्चल हमाल, युवराज थापा, नमनसिंह थापा र कुशल डाँगी छन्।

नेपाल क्रिकेट संघको आयोजना र कर्णाली प्रदेश क्रिकेट संघको सहआयोजनामा वीरेन्द्रनगरमा हुने प्रतियोगितामा सातै प्रदेशका क्रिकेट टोली सहभागी हुनेछन्।

प्रतियोगीता वीरेन्द्रनगर नगरपालिकाको कालिनचोक र वीरेन्द्रनगरका क्रिकेट मैदानमा सञ्चालन हुने क्रिकेट संघ कर्णाली प्रदेशका अध्यक्ष पदम खड्काले जानकारी दिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad