खेल


मन्त्रीद्वय घिसिङ र गुप्ताले गरे रामजानकी रंगशालाको निरीक्षण

भासिएको कमला पुलबारे कुलमानले भने : कुनै पनि हालतमा बन्नुपर्छ, वास्तविकता बुझेर काम अघि बढाउँछौँ
मन्त्रीद्वय घिसिङ र गुप्ताले गरे रामजानकी रंगशालाको निरीक्षण

नेपालखबर
मंसिर ५, २०८२ शुक्रबार ११:१९, काठमाडौँ

भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङ र युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ताले आज शुक्रबार बिहानै जनकपुरधामस्थित निर्माणाधीन रामजानकी रंगशालाको निरीक्षण गरेका छन्। 

त्यस क्रममा मन्त्रीद्वय घिसिङ र गुप्ताले रंगशाला निर्माण रोकिनुको कारण, खेल मैदानको अवस्थालगायत विषयमा जानकारी लिएका छन्।

रंगशाला निरीक्षणका क्रममा मधेसको खेलकुद मन्त्रालयका सचिव रञ्जित यादव, जिल्ला क्रिकेट संघका पदाधिकारी, खेलाडीले त्यहाँको वस्तुस्थितिबारे जानकारी गराएका थिए।

यसका साथै मन्त्रीहरू घिसिङ र गुप्ताले भासिएको कमला पुलको पनि निरीक्षण गर्न लागेका छन्। 

मन्त्री घिसिङले भासिएको कमला पुलका विषयमा छिट्टै निर्णय लिइने जानकारी दिए। 

उनले सञ्चारकर्मीको प्रश्नमा आफूले परिस्थिति बुझेर निर्णय गर्ने बताए।

कमला पुल बन्नुपर्ने पक्षमा आफू रहेको पनि उनले बताए। 

‘त्यहाँको वास्तविकता बुझेर हामी थप काम अघि बढाउँछौँ। हामी के गर्ने भन्ने कुरा डिसिजन गर्छौं, उनले भने, तत्काल बनाएर अघि बढ्ने वा त्यसको सबैकुरा सबै पक्ष हेर्नुपर्छ। अघि बढ्छौँ। कुनै पनि हालतमा त्यो पुल बन्नुपर्छ।’ -न्युज एजेन्सी नेपाल

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad