ad ad

खेल


१२५ किमि प्रतिघण्टा गतिमा बलिङ गरेका प्रदीप बने वर्ल्डलिंकको ‘बिट द स्पिड’का विजेता

१२५ किमि प्रतिघण्टा गतिमा बलिङ गरेका प्रदीप बने वर्ल्डलिंकको ‘बिट द स्पिड’का विजेता

नेपालखबर
असार २५, २०८१ मंगलबार १४:३३, काठमाडौँ

वर्ल्डलिंक कम्युनिकेसन्स लिमिटेडले नेपाल क्रिकेट संघ (क्यान) को सहकार्यमा ‘बिट द स्पिड : नेपालकै सर्वाधिक गतिमा बलिङ गर्ने खेलाडीको खोजी’ अभियानको पहिलो संस्करण पूरा गरेको छ। 

२ महिना लामो अभियान वैशाख २१ देखि सुरू भएको थियो। नेपालका १८ सहरहरूमा तीव्र गतिको बलरहरूको प्रतिभा पत्ता लगाउने र तिनीहरूको क्षमता विकास गर्ने उद्देश्यले अभियान राखिएको कम्पनीले जनाएको छ। 

अभियानमा १८ सहरहरुबाट उत्कृष्ट ७ जना खेलाडी छनोट भएकामा उनीहरुलाई काठमाडौंमा दोस्रो चरणको प्रतिस्पर्धाका लागि ल्याइएको थियो।

उनीहरूले नेपाल ए टिमका मुख्य प्रशिक्षक ज्ञानेन्द्र मल्ल र बलिङ प्रशिक्षक कलाम अलीको निर्देशनमा त्रिभुवन विश्वविद्यालयको अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा विशेष प्रशिक्षण प्राप्त गरेका थिए।

अन्तिम चरणको प्रतिस्पर्धामा ७ प्रतियोगीहरूले आफ्नो बलिङ कौशल प्रदर्शन गरेका थिए। 

निर्णायकहरूले खेलाडीहरुको दौडने शैली, बल रिलिज, ग्यादर र गति जस्ता पक्षहरूको गहन मूल्याङ्कन गरेका थिए। सो प्रतिस्पर्धामा प्रदीप जैसवालले १२५ किमि प्रतिघण्टाको नयाँ कीर्तिमान बनाउँदै यस प्रतियोगितामा जित हासिल गरे। 

सन्देश थापा र राहुल कुमार यादवले क्रमश: १२२ किमि प्रतिघण्टा र १२१ किमि प्रतिघण्टाको गति प्राप्त गर्दै उत्कृष्ट प्रदर्शन देखाएका थिए। 

भावी सम्भावनाको पहिचान गर्दै प्रतिस्पर्धी रवि  दमाईलाई इमर्जिङ्ग ट्यालेन्टको रूपमा नगदसहित सम्मानित गरिएको थियो। 

वर्ल्डलिंकको यो अभियानको विजेता प्रदीप जैसवालले पनि नगद पुरस्कार जित्नुका साथै वर्ल्डलिंकको प्रायोजनमा भारतस्थित चेन्नईको एमआरएफ पेस फाउन्डेसनमा प्रशिक्षणको अवसर प्राप्त गर्न सफल भएका छन्। 

१२१ किमि प्रतिघण्टाको गतिमा बलिङ गरेका १४ वर्षीय राहुल कुमार यादवलाई पनि दर्शकहरुले निकै रुचाएका थिए। उनको बलिङ्ग एक्सनलाई धेरै दर्शकहरुले लसिथ मलिङ्गासँग समेत तुलना गर्दै भविष्यमा उनी एक उत्कृष्ट खेलाडीका रुपमा स्थापित हुने सम्भावना रहेको टिप्पणी गरेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .