ओमानमा जारी टी–२० क्रिकेट सिरिजमा नेपालले ओमानलाई जीतका लागि ६५ रनको झिनो लक्ष्य दिएको छ।
ओमान पेन्टागुलर टी–२० सिरिज अन्तर्गत विहिबार भएको अन्तिम खेलमा टस हारेर पहिले व्याटिङ गरेको नेपालले ११ ओभरमा सबै विकेट गुमाएर जम्मा ६४ रनको झिनो योगफल बनाएको हो।
नेपालका लागि आरिफ सेखले सर्वाधिक २० रन बनाए। यस्तै दीपेन्द्रसिंह ऐरीले ११ रन बनाउनु बाहेक अन्य व्याट्स्यामनले उल्लेखनीय प्रदर्शन गर्न सकेनन्।
पहिलो ओभरमा ओपनर इशान पाण्डेलाई दुई रनमा गुमाएको नेपालले त्यसपछि दोस्रो ओभरमा कप्तान पारस खड्कालाई व्यक्तिगत ५ रनमा गुमाएको थियो।
त्यसपछि तेस्रो र चौथो ओभरमा लगातार नेपालले विकेट गुमाउदा राम्रो रन बनाउन सकेन। ओमानले केहीबेरमा जवाफी व्याटिङ गर्नेछ।
3
Shares
प्रतिक्रिया