ad ad

राजनीति


मन्त्रिपरिषद निर्णय: सिग्देल र भण्डारी उपरथीमा बढुवा

मन्त्रिपरिषद निर्णय: सिग्देल र भण्डारी उपरथीमा बढुवा

नेपालखबर
असोज २३, २०७६ बिहिबार ११:३,

सरकारले नेपाली सेनाका सहायक रथीद्वय अशोकराज सिग्देल र गोकुल भण्डारीलाई उपरथी दर्जामा बढुवा गर्ने निर्णय गरेको छ। असोज १७ गते बसेको मन्त्रिपरिषद बैठकले यो निर्णय गरेको हो।

यसैगरी मन्त्रिपरिषदले महासेनानी कुमारबहादुर थापासमेत ५ जना महासेनानीहरुलाई सहायक रथी दर्जामा पदोन्नति गर्ने निर्णय गरेको छ। मन्त्रिपरिषदले विद्यालय क्षेत्र विकास कार्यक्रममा विश्व बैंकले प्रदान गर्ने २ अर्ब ७७ करोड १३ लाख अनुदान सहायता स्वीकार गर्ने निर्णय समेत गरेको छ।

यसैगरी सरकारले विशेष आर्थिक क्षेत्र प्राधिकारणको कार्यकारी निर्देशक नियुक्ति नभएसम्मका लागि मन्त्रालयका सहसचिव रामचन्द्र ढकाललाई कामको जिम्मा दिने निर्णय गरेको छ।

यसैगरी मन्त्रिपरिषदले आर्थिक वर्ष ०७६/७७ मा उर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालय अन्तर्गतका ७ वटा आयोजनाका लागि ६० राजपत्रांकित पदहरुको अस्थायी दरबन्दी स्वीकृत गरेको छ।

नख्खुखोला–भैँसेपाटी–बुङमति सडक स्तरोन्नति गर्नका लागि राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न दिने निर्णय समेत मन्त्रिपरिषदले गरेको छ।

नेपाल – भारत विद्युत व्यापार सम्झौता अन्तर्गतका संयुक्त सञ्चालक समिति र संयुक्त कार्य समूहको सातौं बैठकमा उर्जा जलस्रोत मन्त्रालयका सचिव नेतृत्वको प्रतिनिधिमण्डललाई भाग लिन स्वीकृति दिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .