सन् २०१३ देखि २०१७ सम्ममा उनीहरुले च्याम्पियन्स लिग, ला लिगा, कोपा डेल रेजस्ता प्रतिष्ठित उपाधिहरु जिते।
मेस्सी र नेमारको सम्बन्धलाई खेल विश्लेषकहरु दाईभाईको रुपमा लिने गर्दछन्। उनीहरु अझैपनि असल मित्र हुन्।
सन् २०१७ मा नेमारले बार्सा छाड्दा सबै आश्चर्यमा परेका थिए। नेमार त्यसबेलादेखि अहिलेसम्म पीएसजीबाट खेलिरहेका छन्।
यसै सिजनको सुरुवातमा नेमारले आफूलाई बार्सिलोना छाड्ने इच्छा भएको बताएका थिए। त्यसपछि नेमार बार्सा फर्कने अनुमान तिव्र रुपमा भएको थियो।
त्यसबीचमा मेस्सीले पनि नेमार बार्सा फर्केको राम्रो भन्ने अभिव्यक्ति दिएका थिए। यद्यपी बार्साले नेमार अनुबन्ध गरेन।
बार्साले नेमार पुनः अनुबन्ध नगरेपछि नेमार रियल मड्रिड जाने हल्ला पनि चलेको थियो।
मेस्सीका अनुसार उनी नेमार रियल मड्रिड जालान् भनेर डराएका थिए। यस विषयमा उनले हालै मुख खोलेका हुन्।
मेस्सीका अनुसार नेमार विश्वका उत्कृष्ट खेलाडी हुन्। स्पेनमा बार्सा र रियल मड्रिडको टकराब छ। बार्सा र रियल मड्रिड निकै ठूला प्रतिस्पर्धी हुन्। उनीहरुको खेललाई प्रतिष्ठाको रुपमा हेरिन्छ।
‘नेमार मड्रिड गएको भए त्यसले बार्सालाई निकै ठूलो झट्का लाग्ने थियो’ मेस्सी भन्छन्,‘मलाई डर थियो बार्साले अनुबन्ध नगरेपछि मड्रिडले नेमार किन्नेछ।’ एजेन्सी

प्रतिक्रिया