शर्मा एक टेस्ट क्रिकेटमा सबैभन्दा बढी छक्का प्रहार गर्ने खेलाडी बनेका हुन्।
शनिबारको टेस्ट म्याचमा दक्षिण अफ्रिकाविरुद्ध शतकीय पारी पुरा गर्ने क्रममा रोहितले नयाँ किर्तिमानी रचेका हुन्।
हिटम्यानका रुपमा चिनिएका खेलाडीले टेस्ट म्याचमा कुल १३ वटा छक्का प्रहार गरे।
रोहितले यस म्याचको पहिलो पारीमा ६ वटा छक्का प्रहार गरेका थिए। दोस्रो पारीमा ७ छक्का प्रहार गरेका हुन्।
यससँगै रोहितले पाकिस्तानका पूर्व कप्तान तथा स्टार खेलाडी वसीम अकरमलाई पनि पछाडि छाडेका छन्।
अकरमले सन् १९९६ मा जिम्बाबेविरुद्ध २५७ रन बनाउँछा १२ छक्का प्रहार गरेका थिए। एजेन्सी

प्रतिक्रिया