कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका २ स्थित कृष्णनगर चोकबाट सशस्त्र प्रहरी बल, एपीएफ टोलीले करीव ७ लाख ६० हजार भारतीय रुपैयाँसहित एक जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा दाङ जिल्लाको तुल्सीपुर उपमहानगरपालिका ८ बस्ने ७७ वर्षीय कृष्णबहादुर वली छन्। उनलाई सशस्त्र प्रहरी बल, नेपाल नम्बर ३९ गुल्म हेक्वा कपिलवस्तुबाट खटिएको एपीएफ टोलीले उक्त भारतीय रुपैयाँसहित पक्राउ गरेको हो।
दाङको तुल्सीपुरबाट कृष्णनगरतर्फ आउँदै गरेको भे १ ख २२९८ नम्बरको यात्रुवाहक बसमा सवार निज वलीलाई एपीएफ टोलीले शंका लागि जाँच गर्दा उनको साथमा उल्लेखित रकम फेला परेपछि पक्राउ गरिएको हो।

प्रतिक्रिया