यूइएफए च्याम्पियन्स लिग फुटबलमा मंगलबार राति आठ महत्वपूर्ण खेल हुँदैछन्।
समूह चरणको दोस्रो खेलमा बलिया टोलीहरु प्रतिस्पर्धामा उत्रँन लागेका छन्।
रियल मड्रिड, पीएसजी, टोटनह्याम, म्यानचेस्टर सिटी, बार्यन म्युनिख, युभेन्ट्स, एथ्लेटिको मड्रिडजस्ता बलिया टोलीले आज प्रतिस्पर्धा गर्नेछन्।
गत सिजनको च्याम्पियन्स लिग विजेता लिभरपुल हो भने उपविजेता टोटनह्याम हो।
सबै खेलतालिका नेपाली समयअनुसार
१. रियल मड्रिड र क्लब ब्रगीः राति १० बजेर ४० मिनेटमा
२. एटलान्टा र सक्तर डोनेट्स्कः राति १० बजेर ४० मिनेटमा
३. पीएसजी र ग्यालाटासारेः राति १२ बजेर ४५ मिनेटमा
४. युभेन्ट्स र बेयर लिभरकुसेनः राति १२ बजेर ४५ मिनेटमा
५. एट्लेटिको मड्रिड र लोकोमोटिभ मस्कोः राति १२ बजेर ४५ मिनेटमा
६. म्यानचेस्टर सिटी र डाइनामो जाग्रेबः राति १२ बजेर ४५ मिनेटमा
७. रेडस्टार बिलग्रेड र ओलम्पियाकोसः राति १२ बजेर ४५ मिनेटमा
८. टोटनह्याम र बायर्न म्युनिखः राति १२ बजेर ४५ मिनेटमा
Shares
प्रतिक्रिया