ad ad

राजनीति


महरालाई पक्रन माग गर्दै राजधानीमा प्रदर्शन

महरालाई पक्रन माग गर्दै राजधानीमा प्रदर्शन

नेपालखबर
असोज १४, २०७६ मंगलबार ११:३०,

यौन दुराचारका आरोप लागेपछि राजिनामा दिएका निवर्तमान सभामुख कृष्णबहादुर महरालाई पक्राउ गरेर अनुसन्धान गर्न माग गर्दै राजधानीमा मंगलबार दिउँसो प्रदर्शन भएको छ।

प्रदर्शनमा संलग्न उनीहरुले ‘नो मिन्स नो..’, ‘बलात्कार आरोपको सत्यतथ्य छानबिन गर’ ‘बलात्कार आरोपीलाई हिरासतमा लेउ’ लेखिएका पम्पप्लेट समातेर विरोध गरेका थिए। राजनीतिज्ञ, विद्यार्थी, अधिकारकर्मी लगायत प्रदर्शनमा सहभागी रहेको थिए।

संसद सचिवालयमा कायरत महिला कर्मचारीले आफूमाथि जर्बजस्ती करणी गरेको आरोप लगाएपछि सभामुख कृष्णबहादुर महराले पदबाट राजीनामा दिएका छन्। उनीमाथि सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी(नेकपा)भित्र राजीनामा दिन दबाब बढेपछि राजिनामा दिएका हुन्।

‘सामान्यतया यस्तो गम्भीर आरोप लागेको व्यक्तिलाई हिरासतमा लिएर कारबाही हुने गर्छ। हिजो प्रहरी गएपछि पनि फर्केर आयो,’ प्रदर्शनमा सहभागी भएकी नारायणी देवकोटाले भनिन्, ‘प्रहरीले अनुसन्धानलाई सक्रियतापूर्वक सञ्चालन गर्नुपर्छ। तर निस्कृयता जनाएको छ।’

शक्तिमा पहुँच भएको व्यक्ति भएको कारण निष्पक्ष छानबिन गर्नुपर्ने भन्दै दबाबका लागि प्रदर्शन गरेका देवकोटाले बताइन्।

नेकपाका सचिवालय बैठकले महरालाई सभामुख र संसद पदबाट राजीनामा दिन भने पनि सभामुखबाट मात्रै राजिनामा दिएका छन्।

पीडित महिलाले रक्सीले मातिएर आएका महराले जबर्जस्ती गरेको आरोप लगाएकी छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .