चोटमुक्त भएर फर्किएका क्रिस्टियानो रोनाल्डोको गोलसँगै यूभेन्ट्सले जारी सिजनको सिरि ए फुटबलमा आफ्नो अपराजित यात्रा कायम राख्ने क्रममा शनिबार राति स्पाललाई २-० ले पराजित गरेको छ।
यसअघि भएको बेरिस्काविरुद्धको खेल रोनाल्डोले मांशपेसीमा देखिएको समस्याका कारण गुमाएका थिए।
यूभन्टे्सले मिरालेम पिजानिकको गोलबाट पहिलो हाफमा सुरुवाति अग्रता लिएको थियो। दोस्रो हाफमा रोनाल्डोको हेडिङ गोलसँगै यूभेन्ट्सले जित निश्चित गर्यो।
स्पालका किपर इट्रिट बारिसाले आरोन राम्से र सामी खाडिराले नजिकै गरेको हेडरमा उत्कृष्ट बचाउ गरेका थिए।
यता, लिजेन्ड गोलकिपर गियनलुंगी बुफोनले ९०३औं खेल खेल्दै इटालीबाट सबैभन्दा बढी खेल खेल्ने कीर्तिमान कायम गरे। यसअघि यो कीर्तिमान एसी मिलानका डिफेन्डर पाउलो माल्दिनीको नाममा थियो।
यस्तै शनिबार राति नै साम्पोर्डारियालाई ३-१ ले पराजित गरेको इन्टर मिलान ६ खेलमा १८ अंकसहित शीर्षमा छ भने साविकको विजेता यूभेन्ट्स त्यति नै खेलबाट १६ अंकसहित दोस्रो स्थानमा छ।
प्रतिक्रिया