राजनीति


चीनबाट नेपालमा सबैभन्दा उच्च भ्रमणको प्रतिक्षा भइरहेको छः राजदूत होउ

चीनबाट नेपालमा सबैभन्दा उच्च भ्रमणको प्रतिक्षा भइरहेको छः राजदूत होउ

नेपालखबर
असोज ११, २०७६ शनिबार १७:१७,

चिनियाँ राजदूत होउ यान्छीले राष्ट्रपति सी चिनफिङ चाँडै नेपाल भ्रमणमा आउने स्पष्ट संकेत गरेकी छन्।

चीनको ७०औं राष्ट्रिय दिवसको अवसरमा चिनियाँ दूतावासले शनिबार साँझ आयोजना गरेको रिसेप्सन समारोहमा राजदूत होउले राष्ट्रपति सीको नेपाल भ्रमणको मिति नै त घोषणा गरिनन् तर उनले भ्रमण हुने स्पष्ट संकेत दिइन।

२३ वर्षपछि चीनका राष्ट्रपति असोज अन्तिम साता नेपाल भ्रमणमा आउने प्रतिक्षा भइरहे पनि मिति घोषणा भैसकेको छैन।

‘हालैका दिनहरूमा चीन र नेपालबीच उच्च स्तरीय भ्रमण आदान प्रदान भइरहेका छन्’, राजदूत होउले चीनबाट भ्रमणमा आएका विदेशमन्त्री वाङ यी र चिनियाँ कम्युनिष्ट पार्टीका विदेश विभागका प्रमुख सोङ ताओको नाम लिँदै भनिन्, ‘हामी अहिले चीनबाट नेपालमा सबैभन्दा उच्च भ्रमणको प्रतिक्षा गरिरहेका छौं।’

Hau3

‘सबैभन्दा उच्च स्तरीय’ भनेर राष्ट्रपतिको भ्रमणको संकेत गरेकी उनले यो भ्रमणपछि चीन र नोपलबीच हिमालयपार कनेक्टिभिटि उच्च स्तरमा पुग्ने बताइन।

नेपाल–चीनबीच हिमालयपार बहुआयामिक कनेक्टिभिटिको चर्चा गर्दै राजदूत होउले भननिन्, ‘उच्च स्तरीय भ्रमणपछि यसले झन् उचाई लिनेछ।’

Hau2

चीनको ७०औं राष्ट्रिय दिवसका अवसरमा आयोजना गरिएको रिसेप्सन समारोहमा राजदूत होउले चीनले यी ७० वर्षमा गरेको प्रगतिको संक्षिप्त ब्रिफिङ गरेकी थिइन।

समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, नेकपाका बरिष्ठ नेता माधवकुमार नेपाल, महासचिव विष्णु पौडेल, गृहमन्त्री रामबहादुर थापा लगायत सहभागी भएका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .