ad ad

खेल


क्यान चुनाव आजदेखि, कसको प्यानलमा को?

क्यान चुनाव आजदेखि, कसको प्यानलमा को?

नेपालखबर
असोज १०, २०७६ शुक्रबार ६:५१,

 शनिबारसम्म चल्नेका लागि पूर्वअध्यक्षद्वय विनयराज पाण्डे र चतुरबहादुर चन्दको समूहबीच चुनावी प्रतिस्पर्धा हुने भएको छ। दुवैले यसअघि नै नेतृत्वका लागि लड्ने आकांक्षा व्यक्त गरिसकेका छन्।

पाण्डे झण्डै चार दशकसम्म क्यानमा विभिन्न पदमा रहेर काम गरे। उनले सन् १९६५ देखि २०१० सम्म क्यानमा रहँदा महासचिव हुँदै अध्यक्ष समेतको भुमिका निर्वाह गरिसके। सन् २००५ देखि २०१० सम्म उनी क्यानका अध्यक्ष थिए।

यस्तै बैतडीका चन्द तत्कालिन क्षेत्रनम्बर ६ को अध्यक्ष तथा २०६३ सालमा क्यानको उपाध्यक्ष बनेका थिए। उनी २०७२ मा क्यानको अध्यक्ष चुनिएका थिए। तर, राखेपले उनको समितीलाई मान्यता नदिई तदर्थ समिति गठन गरेको थियो। त्यसलगत्तै आइसीसीले सरकारी हस्तक्षेप भएको बन्दै क्यान निलम्बनमा राखेपछि उनले चुनाव जितेपनि कार्यकालमा काम गर्न पाएनन्।

शुक्रबार क्यान निर्वाचनको उद्घाटन शत्र हुँदैछ। उद्घाटन शत्रअघि नै दुवै नेतृत्वको आकांक्षीहरुले आफ्नो प्यानल तयार पारिसकेका छन्।

१७ सदस्यीय कार्यसमितिका लागि हुने चुनावमा ७ प्रदेशका ५९ प्रतिनिधिले शनिबार हुने चुनावमा मताधिकार प्रयोग गर्नेछन्।

पाण्डेको प्यानलमा उपाध्यक्षमा मिङ्मा डाण्डु शेर्पा देखिएका छन्। उनी क्यान प्रदेश एकका अध्यक्ष हुन्। यस्तै पाण्डेको पक्षबाट सचिवमा बिनोद मैनालीले प्रतिस्पर्धा गर्ने सम्भावना छ। उनी क्यानका पूर्व उपाध्यक्ष पनि हुन्। यस्तै कोषाध्यक्षमा पाण्डेले उपेन्द्र भट्टराईलाई उठाउने पक्कापक्की गरिसकेका छन्।

चन्दले यसअघि कै कार्यकालका महासचिव अशोकनाथ प्याकुरेललाई सचिवमा प्रतिस्पर्धा उठाउने भएका छन्। उनीसँगै उनको प्यानलको उपाध्यक्षमा राजुबाबु श्रेष्ठ र कोषाध्यक्षमा रोशनकुमार सिंहले उम्मेदवारी दिने लगभग टुङ्गो लागेको छ।

यी हुन प्रतिनिधि

प्रदेश १ (८ भोट)
जिल्ला प्रतिनिधि– अर्जुन पौडेल, लाक्पा लामा, रोशन बुढाथोकी, कैलाश विष्ट र शम्भु शर्मा।
प्रदेश प्रतिनिधि– मिंग्मा दण्डु शेर्पा, शिरिष उपाध्याय र मनोज कटुवाल

प्रदेश २ (१२ भोट)
जिल्ला प्रतिनिधि– पवन अग्रवाल, हिरा भगत, पवन गुप्ता, दाउद अन्सारी, आयुष श्रेष्ठ, सुनिल महासेठ, रोशनकुमार सिंह र माधव कर्माचार्य
प्रदेश प्रतिनिधि– अनिल शर्मा, आकाश पाण्डे, मुर्तुजा हवारी र सुनिलकुमार शाह

प्रदेश ३ (९ भोट)
जिल्ला प्रतिनिधि– विनयराज पाण्डे, दिपेन्द्र ढकाल, कैलाश प्रधान, नरेश राना, अमितबिर पाण्डे, उपेन्द्र भट्टराई
प्रदेश प्रतिनिधि– प्रफल्ल वैद्य, किरण क्षेत्री र दर्गाराज पाठक

प्रदेश ४ (६ भोट)
जिल्ला प्रतिनिधि– जगत टमाटा, सुदिप शर्मा, सन्जयकान्त सिग्देल, राजबाबु श्रेष्ठ
प्रदेश प्रतिनिधि– ऋषीराम गौतम र प्रकाश पौडेल

प्रदेश ५ र ६ (१२ भोट)
जिल्ला प्रतिनिधि– बिनोदकुमार मैनाली, अशोकनाथ प्याकुरेल, प्रशान्तबिक्रम मल्ल, राजेश श्रेष्ठ, प्रदीप मजगैया, प्रकाश गैरे, कृण्णप्रसाद श्रेष्ठ र पदमबहादुर खड्का
प्रदेश प्रतिनिधि– सन्जय गुरुङ, सन्जयराज सिंह, श्रीधर केसी र विनयराज भण्डारी

प्रदेश ७ (१२ भोट)
जिल्ला प्रतिनिधि– चुतुरबहादुर चन्द, विक्रम विष्ट, जयन्ती भट्ट, बासुदेव जोशी, दिनेश सिंह, धिरेन्द्र साउद, बिरेन्द्रबहादुर चन्द र प्रबिन्द्रबहादुर धामी
प्रदेश प्रतिनिधि– हरि रेग्मी, हरिप्रसाद उप्रेती, तेजप्रकाश भट्ट र आशिषकुमार खत्री

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .