खेल


वाट्फोर्डको पोस्टमा सिटीको ८ गोल, १८ मिनेटमै ५ गोल

वाट्फोर्डको पोस्टमा सिटीको ८ गोल, १८ मिनेटमै ५ गोल

नेपालखबर
असोज ५, २०७६ आइतबार २:१८,

घरेलु मैदानमा सिटीको जितमा बेर्नार्डो सिल्भाले ह्याट्रिक गरे भने डेभिड सिल्भा, सर्जियो अग्युरो, रियाद महरेज, निकोलस ओटामेन्डी र केभिन डी ब्रुएनले एक एक गोल गरेका थिए।

खेलको पहिलो मिनेटमा डेभिड सिल्भा, सातौं मिनेटमा अग्युरोले पेनाल्टीमार्फत, १२औं मिनेटमा महरेज, १५औं मिनेटमा बेर्नार्डो र १८औं मिनेटमा ओटामेन्डीले गोल गर्दा पहिलो हाफमा सिटी ५-० ले अघि रह्यो।

दोस्रो हाफको ४९औं मिनेटमा बेर्नार्डो, ६० औं मिनेटमा बेर्नार्डोले र ८५ औं मिनेटमा ब्रुएनले गोल गर्दै सिटीलाई ८-० को जित दिलाए।

जितसँगै सिटीले शीर्षस्थानको लिभरपुलसँगको दूरी २ अंकमा घटाएको छ।खदोस्रो स्थानको सिटीले ६ खेलमा १३ अंक छ। एक खेल कम खेलेको लिभरपुलको १५ अंक छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad