स्पेनिस ला लिगा फुटबलमा शनिबार राति बार्सिलोना र भ्यालेन्सियाबीच प्रतिस्पर्धा हुँदैछ।
खेल नेपाली समयअनुसार राति पौने १ बजे बार्साका घरेलु मैदान क्याम्प नाउँमा सुरुहुनेछ।
बार्साले सिजनको चौथो खेल खेल्न लागेको हो। मेस्सी आजको खेलमा समेत समावेश नहुने भएका छन्। मेस्सीसँगै ओउसमान डेम्बेले पनि घाइते छन्।
दुवै आजको खेलमा देखिने छैनन्। मेस्सीले घाइते भएका कारण नयाँ सिजनको कुनै खेल खेलेका छैनन्। यद्यपी स्वारेज भने आजको खेलमा देखिने छन्।
लिग प्रारम्भिक चरणमा रहँदा एथ्लेटिको मड्रिड ३ खेलमा सबै खेल जितेर ९ अंकसहित शीर्ष स्थानमा छ।
एथ्लेटिको बिल्बाओ ८ अंकसहित दोस्रो स्थानमा छ। सेभिया ७ अंकसहित तेस्रो स्थानमा छ भने बार्सिलोना ४ अंकसहित आठौं स्थानमा छ।
प्रतिक्रिया