खेल


‘मेस्सीलाई बार्सा छाड्ने विकल्प खुला छ’

‘मेस्सीलाई बार्सा छाड्ने विकल्प खुला छ’

नेपालखबर
भदौ २०, २०७६ शुक्रबार ८:५१,

मेस्सी बिनाको बार्सा र बार्सा बिनाको मेस्सी हामी कल्पना गर्न पनि सक्दैनौं।

किनभने बार्सा बराबर मेस्सी, मेस्सी बराबर बार्सा भनेर हाम्रो मानसपटलमा बसिसकेको छ।

मेस्सीले बार्सिलोनाप्रति देखाएको इमानदारिता, माया र प्रेमकै कारण बार्सिलोनाले पनि मेस्सीलाई सद्भाव देखाइरहेको छ।

मेस्सीले बार्सिलोनालाई दर्जनौं उपाधि दिलाइसके। बार्सिलोना मेस्सीको कप्तानीमा यतिबेला विश्वको नम्बर एक फुटबल क्लब हो।

मेस्सीले भनेका छन्,‘मैले सकुन्जेल बार्सिलोनाबाट खेल्नेछु। यही क्लबबाट सन्यास लिनेछु।’ उनले युरोपमा बार्सा बाहेक अन्य क्लबको कल्पना आफूले नगरेको बताएका छन्।

बार्सिलोनाले अहिलेसम्म ५ पटक च्याम्पियन्स लिग जितेको छ। चारपटक च्याम्पियन्स लिग जित्दा मेस्सीले महत्वपूर्ण भूमिका खेलेका छन्।

बार्सिलोनाको सिनियर टोलीबाट सन् २००५ देखि बार्साले खेलिरहेका छन्। अहिलेसम्म उनले ८ पटक नयाँ सम्झौता गरिसकेका छन्।

अन्तिमपटक सन् २०१७ मा मेस्सीले सन् २०२१ सम्मका लागि सम्झौता गरेका छन्। उनको रिलिज क्लज ७०० मिलियन युरो तोकिएको छ।

यद्यपी मेस्सीले चाहे उनलाई प्रत्येक सिजनको जुन ३० मा रिलिज क्लज नतिरिकनै क्लबाट विदा लिने छुट प्रदान गरिएको छ। यो अधिकार बार्साले नै मेस्सीलाई प्रदान गरेको जनाइएको छ।

स्पेनिस पत्रिका एल पाइसलाई उदृतगर्दै मार्काले लेखेको छ,‘मेस्सीले बार्सिलोनाप्रति देखाएको वफादारिताका कारण मेस्सीले चाहे उनी क्लब छाड्न सक्छन्। बार्साले यो छुट मेस्सीलाई प्रदान गरेको छ।’

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad