खेलको पहिलो ६० मिनेटमा ३-० ले पछि परेको नेपोलीले निर्धारित ९० मिनेटमा उत्कृष्ट पूनरागमन गर्दै खेल ३-३ को बराबरीमा ल्याएको थियो। तर थपिएको समयमा कालिडाउ काउलिबालीको आत्मघाती गोलसँगै नेपोली निराश बन्यो।
१६औ मिनेटमा डेब्यू खेलाडी ड्यानिलो, १९औ मिनेटमा पूर्व नेपालीकै स्ट्राइकर गोन्जालो हिग्युन र ६२औ मिनेटमा क्रिस्टियानो रोनाल्डोले सिजनको पहिलो गोल गर्दै युभेन्ट्सलाई ३–० ले आरामदायी स्थितिमा पुर्याएका थिए।
तर त्यसपछि नेपोली उत्कृष्ट पूनरागमनसँगै खेलमा फर्कियो। यसै समरमा क्लबसँग अनुबन्ध भएका कोस्टस मानोलस, हिरभिङ लोजानो र गियाभानी डि लोरिन्जोले लगातार गोल गर्दै खेल बराबरीमा ल्याए।
६६औ मिनेटमा कोस्टस, ६८औं मिनेटमा हिर्भिङ र ८१ औ मिनेटमा लोरेन्जोको गोलसँगै नेपोलीले ३-३ को बराबरी गरेको थियो।
तर इञ्जुरी समयमा मैदानको मध्यभागबाट आएको फ्रिकिकलाई क्लियर गर्ने क्रममा काउलिबालीको खुट्टामा लाग्दै बलले आफ्नो पोस्टमा गएको थियो।
सिरि एका अन्तिम ८ उपाधिहरु आफ्नो पक्षमा पारेको यूभेन्ट्स यसपटक पनि उपाधि रक्षा गर्ने लक्ष्य सहित मैदानमा छ।
यूभेन्ट्सले रक्षापंन्तिमा जर्जिरो चिलानीको अभाव महसुस गरेको थियो। उनी घाइते भएपछि उनको स्थानमा यसै समरमा ६७.५ मिलियनमा पाउण्डमा अनुबन्ध भएका मिथ्थिजस डि लिग्टले डेब्यू गरेका थिए।
निमोनियाबाट मुक्त भएपनि यूभेन्ट्सका मुख्य प्रशिक्षक माउरिजियो सर्रीले यस खेलमा प्रशिक्षकत्व सम्हालेनन्। नेपोली उनको पूर्व क्लब समेत हो।

प्रतिक्रिया