खेल


‘खेलकुद क्षेत्रमा राजनीतिक नियुक्ति बन्द गरौँ’

‘खेलकुद क्षेत्रमा राजनीतिक नियुक्ति बन्द गरौँ’

नेपालखबर
भदौ ११, २०७६ बुधबार ९:२६,

संघीय संसदको प्रतिनिधिसभा अन्र्तगतको शिक्षा तथा स्वास्थ्य समितिले खेलकुदको विकास सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७५ माथिको दफाबार छलफल सुरु गरेको छ।

समितिले बुधबार विधेयकमाथि संशोधन दर्ता गराउनेहरुसँग छलफल गरेको हो। विधेयकमाथिको दफाबार छलफलमा सहभागी हुँदै सांसदहरुले खेलकुद क्षेत्रको विकासका लागि राजनीतिक नियुक्तिलाई बन्द गर्नुपर्ने धारणा राखेका छन्।

संसोधनकर्ता लेखा समितिका सभापति भरत कुमार शाहले राष्ट्रिय खेलकुद परिषद्को सदस्य सचिवमा सरकारले नियुक्त गर्ने व्यवस्थाले दक्ष र योग्य भन्दा पनि राजनीतिक कार्यकर्ता नियुक्त हुने भएको सो सम्बन्धी प्रावधान संसोधन गर्नुपर्ने बताए।

त्यसैगरी सांसद विन्दा पाण्डेले तहगत रुपमा महिला सहभागिताको सुनिश्चितता गर्नुपर्ने धारणा राखे। त्यसैगरी जीवनराम श्रेष्ठले अन्तर्राष्ट्रिय र राष्ट्रिय खेलाडीको परिभाषामा स्पष्ट मापदण्ड बनाउनुपर्ने तर्क गरे। सांसद सूर्य पाठकले खेलकुदको नेतृत्व व्यवसायिक व्यक्तिलाई दिने सुनिश्चितता गरिनुपर्ने बताए।

युवा तथा खेलकुद मन्त्री जगत विश्वकर्माले नयाँ ऐनले व्यवहारमा देखिएका समस्या निरुपण गर्दै खेलकुदको क्षेत्रका समस्या सम्बोधन गर्ने मार्गदर्शन गर्ने गरी खेलकुद क्षेत्रको बृहत्तर हितलाई केन्द्रमा राखेर छलफल गर्न मन्त्रालय सधै तयार रहेको बताए।

राष्ट्रियसभामा उत्पति भएको ‘खेलकुदको विकास सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७५’ लाई राष्ट्रियसभाले पारित गरेर सुझाव सहित प्रतिनिधिसभामा पठाएको हो।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad