राजनीति


सञ्चारमन्त्री भन्छन्ः संविधान दिवसको विदा ब्वाइफ्रेन्ड, गर्लफ्रेन्ड लिएर हिँड्न दिएको होइन

सञ्चारमन्त्री भन्छन्ः संविधान दिवसको विदा ब्वाइफ्रेन्ड, गर्लफ्रेन्ड लिएर हिँड्न दिएको होइन

प्रकाश सिलवाल
भदौ ११, २०७६ बुधबार ९:४८,

सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले संविधान दिवस भव्यताका साथ मनाउनका लागि आ आफ्नो स्थानबाट योगदान दिन सबैलाई आग्रह गरेका छन्।

संविधान दिवस मूल समारोह समिति अन्र्तगतको प्रचार प्रशार उपसिमितिले बुधबार सञ्चार मन्त्रालयमा गरेको छलफल कार्यक्रममा उनले सरकारले संविधान दिवस भव्यताका साथ मनाउनका लागि सार्वजनिक विदा दिएको भन्दै सबैको अर्थपुर्ण सहभागीताको अपेक्षा आफुले गरेको बताए। उनले संविधान दिवस अन्र्तगत गरिने कार्यक्रमहरुमा राष्ट्रसेवक कर्मचारी, सरकारी संघ संस्था, निजी क्षेत्रका संघ संस्था लगायत सबै वर्ग र क्षेत्रको अर्थपुर्ण सहभागीता हुनुपर्नेमा जोड दिए।

उनले भने, ‘त्यो दिन तास खेल्नका निम्ति, पिकनिक खानका निम्ति, वियर खानका निम्ति, गलफ्रेण्ड लिएर हिड्नका निम्ति, ब्वाईफ्रेण्डलाई भेट्न जानका निम्ति दिएको होइन। फाईनल कुरा यही हो। सिधा सिधा। राष्ट्रिय दिवस नै मनाउन दिएको हो।’

उनले संविधान दिवसलाई कर्मकाण्डी भन्दा भिन्न रुपमा सबै बर्ग विशेषको सहभागीता हुने गरी हर्षाेल्लासपुर्ण रुपमा मनाउनका लागि श्रृजनात्मक कार्यक्रमहरुको नमुना सुझाउन पनि सरोकारवालाहरुलाई आग्रह गरे।

संविधान दिवस मूल समारोह समिति अन्र्तगत सञ्चारमन्त्री बास्कोटाको संयोजकत्वमा गठित प्रचार प्रशार उपसिमितिले बुधबार सञ्चारक्षेत्रसँग सम्बन्धित सबै सरोकारवालाहरुसँग छलफल गरेको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad