ad ad

खेल


विश्वकप क्रिकेट: दक्षिण अफ्रिकाको पहिलो जित

विश्वकप क्रिकेट: दक्षिण अफ्रिकाको पहिलो जित

नेपालखबर
असार १, २०७६ आइतबार १:५७,

अफगानिस्तानमाथि ९ विकेटको फराकिलो जित निकार्दै दक्षिण अफ्रिकाले क्रिकेट विश्वकप-२०१९ मा पहिलो जित हात पारेको छ। 

कार्डिफमा शनिबार राति भएको खेलमा अफगानिस्तानमाथि जित हात पारेसँगै दक्षिण अफ्रिकाको चार खेलमा जित हात पार्न नसकेको सिलसिला पनि टुटेको छ। 

वर्षाले ४८ ओभरमा घटाइएको खेलमा दक्षिण अफ्रिकाले अफगानिस्तानलाई ३४.१ ओभरमा अलआउट गर्दै १ सय २५ रनमा रोकेको थियो।

इमरान ताहिरले ४ विकेट लिएपछि अफगानिस्तानका रासिद खानले ३५ तथा नुर अलि जर्दानले ३२ रन मात्रै बनाउँन सके। 

दक्षिण अफ्रिकाका क्विन्टन डि ककले ६८ र हसिम अम्लाले ४१ रन बनाउँदै १९.५ ओभरमा लक्ष्य भेटाए।

जितपछि दक्षिण अफ्रिका सातौं स्थानमा छ। उसको ५ खेलमा ३ अंक छ। अफगानिस्तानले भने कुनै खेल जित्न सकेको छैन्। 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .