गत जुलाईमा १ सय ७ मिलियन पाउण्डमा अनुबन्ध भएका फरवार्ड ग्रिजम्यानले नबिल फाकिरले बेटिसलाई अग्रता दिलाएपछि ४१औं मिनेटमा बार्सिलोनाका लागि बराबरी गोल फर्काएका थिए।
दोस्रो हाफको चार मिनेट नबित्दै ग्रिजम्यानले दोस्रो गोल गरे। यस्तै लगत्तै कार्लस पेरेजले बार्सिलोनाका लागि सिनियर टोलीबाट पहिलो गोल गरे।
जोर्डी अल्बा र अर्टुरो भिडालले बार्सिलोनालाई ५-१ को स्थितिमा पुर्याएपछि ७९औं मिनेटमा लोरेनले बेटिसका लागि एक गोल फर्काउँदै हार अन्तर घटाएका थिए।
एथ्लेटिको म्याड्रिडबाट यसै सिजनमा आवद्ध भएका ग्रिजम्यानले बार्सिलोनाको पहिलो खेलमा बिल्बाओविरुद्ध भने निराशाजनक प्रदर्शन गरेका थिए।
यस खेलमा भने लियोनल मेस्सी, लुइज सुआरेज, ओसामाने डेम्बेले जस्ता फरवार्ड नहुँदा ग्रिजम्यान चम्किएका हुन्।
प्रतिक्रिया