ad ad

छापा खबर


समतामा आत्महत्या प्रकरण : के थियो उत्तम सञ्जेलविरुद्ध प्रमाण

समतामा आत्महत्या प्रकरण : के थियो उत्तम सञ्जेलविरुद्ध प्रमाण

नेपालखबर
भदौ ९, २०७६ सोमबार ३:२,

समता अस्पतालमा कार्यरत विमला तामाङको आत्महत्या प्रकरणमा प्रहरीले अस्पताल सञ्चालक उत्तम सञ्जेलकी श्रीमतीसहित तीनजनाविरुद्ध आत्महत्या दुरुत्साहन मुद्दा चलायो।

आन्दोलनकै आधारमा मुद्दा चलेको भन्दै सो प्रकरणमा प्रहरीको आलोचनासमेत भएको थियो ।

यो घटनामा प्रहरीले सुसाइड नोटलाई नै मुख्य प्रमाण मानेर मुद्दा चलाएको थियो । यो खबर आजको नयाँ पत्रिकामा छापिएको छ।

मृतक तामाङको खल्तीमा सञ्जेलकी श्रीमती कलासहित, पृथकुमार श्रेष्ठ र संगीता केसीको नाम भेटिएको थियो।

सोही आधारमा मुद्दा दायर भएकोमा उनीहरू अदालतको आदेशमा तीन–तीन लाख धरौटीमा छुटेका छन् ।

तर, के–के कारणले तामाङलाई उनीहरूले आत्महत्या गर्न बाध्य बनाएका थिए भन्ने तथ्य प्रहरीको अभियोगपत्रमा थिएन।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .