ad ad

खेल


विराट कोहलीलाई पाकिस्तानी पूर्वक्रिकेटरको चुनौतीः एउटा उपाधि जिताएर देखाउनुस्

विराट कोहलीलाई पाकिस्तानी पूर्वक्रिकेटरको चुनौतीः एउटा उपाधि जिताएर देखाउनुस्

नेपालखबर
असार १४, २०७८ सोमबार ९:१०,

खेलकुदमा लागेपछि खेलाडीको एउटै चाहना हुन्छ टोलीको कप्तानी सम्हाल्ने।

कप्तानीसँगै टोलीलाई एकपछि अर्को महत्वपूर्ण उपाधि दिलाउने।

जसले गर्दा खेल समर्थकले आफूलाई सधैँभर याद गरून्।

भारतीय क्रिकेट टोलीका लागि कपिल देवले आफ्नो कप्तानीमा विश्वकपको उपाधि जिताए। तीन पटक आईसीसीको उपाधि जित्ने महेन्द्रसिंह धोनी एक्लो कप्तान हुन्।

कप्तान विराट कोहलीले तीनपटक आईसीसीको प्रतियोगिता खेलिसकेका छन् तर अहिलेसम्म एउटा उपाधि जित्नसकेका छैनन्।

विराट कोहलीले सन् २०१७ मा च्याम्पियन्स ट्रफीको फाइनलमा कट्टर प्रतिद्वन्द्वी पाकिस्तानसँग हार्न पुग्यो। यस्तै सन् २०१९ मा भएको एकदिवसीय विश्वकपको सेमिफाइनलबाट पनि अघि बढ्न सकेन।

सन् २०२१ मा भएको पहिलो विश्व टेष्ट च्याम्पियनसिपमा पनि हार भोग्न पुग्यो।

यसैबीचमा विराट कोहलीको कप्तानीलाई लिएर पाकिस्तानका पूर्वक्रिकेटर सलमान बटले प्रश्न उठाएका छन्।

पाकिस्तानका पूर्वकप्तान समेत रहेका बटले भारतीय टोलीको कप्तान भएको नाताले एउटा उपाधि जिताएर देखाउन भनेका छन्।

पाकिस्तानी क्रिकेटर बटले एक युट्युब च्यानलमा कुरा गर्दै भने, ‘तपाईं एक राम्रो कप्तान बन्न सक्नुहुन्छ तर एउटा पनि प्रतियोगिताको उपाधि दिलाउन सक्नुभएन भने तपाईंलाई कसैले याद राख्दैनन्।’

उनले थपे, ‘हुनसक्छ तपाईं राम्रो कप्तान भएर राम्रा राम्रा योजनाहरु होलान् तर त्यसमा टोलीका अन्य खेलाडीहरु भिज्न सकेनन्। त्यसैले किस्मतले पनि साथ दिन जरुरी छ। मानिसहरु प्रतियोगिता जित्नेलाई मात्र याद राख्छन्।’

अलग श्रेणीका क्रिकेटर हुन् कोहली
पाकिस्तानी क्रिकेटरले अगाडि भनेका छन्, ‘कहिलेकाहीँ तपाईं एक महान कप्तान नहुन पनि सक्नुहुन्छ तर तपाईंको टिम राम्रो भएर च्याम्पियन बन्न सक्छ। त्यसैले कप्तानलाई यो कुराले अर्थ राख्दैन तर दुनियाँको लागि त्यो कप्तान राम्रो हो जसले प्रतियोगिताको उपाधि जिताउन सक्छ।’

कप्तान कोहली शीर्ष श्रेणीको क्रिकेटर हुन्। उनको बडी ल्यांग्वेज एकदमै राम्रो र आक्रामक छ। उनको यो ऊर्जाले अलग्गै स्तरमा पुर्याउँछ र यो प्रष्ट पनि छ कि उनले जहाँ कदम राख्छन् त्यहाँ सर्वश्रेष्ठ दिन चाहन्छ। तर कप्तानलाई सानो बन्नु जरुरी छ, उग्र हैन।
एजेन्सीको सहयोगमा

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .