राजनीति


संसद विघटनविरुद्ध पाँच विद्यार्थी संगठनले ७७ वटै जिल्लामा प्रदर्शन गर्ने

संसद विघटनविरुद्ध पाँच विद्यार्थी संगठनले ७७ वटै जिल्लामा प्रदर्शन गर्ने

नेपालखबर
असार १४, २०७८ सोमबार ८:५६,

प्रमुख दल निकट पाँच विद्यार्थी संगठनले संसद विघटनविरुद्ध देशब्यापी रुपमा प्रदर्शन गर्ने भएका छन्।

आइतबार बसेको पाँच विद्यार्थी संगठनको संयुक्त बैठकले ७७ वटै जिल्लामा प्रदर्शन गर्ने निर्णय गरेको हो।

नेपाल विद्यार्थी संघ, अनेरास्वयु (क्रान्तिकारी), अनेरास्वयु, समाजवादी विद्यार्थी युनियन, अखिल (छैठौं) का नेताहरुको बैठकले संसद विघटनविरुद्ध सामुहिक प्रदिवाद गर्ने निर्णय गरेको अखिल (क्रान्तिकारी)का प्रवक्ता जिपी मैनालीले बताए।

प्रधनामन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेपछि सर्वोच्च अदालतको संवैधानिक इजलासमा बहस जारी छ। स्वतन्त्र अदालको निर्णयमा हस्तक्षेप नगर्न पाँच विद्यार्थी संगठनले सरकारको ध्यानाकर्षण स्वरुप दबाब दिएका हुन्। संवैधानिक व्यवस्था अनुसार अदालतले संसद पुनर्स्थापना गर्नेमा समेत ती संगठनहरुले विश्वास व्यक्त गरेका छन्।

यस्तै विश्वविद्यालयमा देखिएका परीक्षा लगायत शैक्षिक समस्याहरुका बारेका छलफल गर्न ज्ञापनपत्रसहित उपकुलपतिसमक्ष संयुक्त डेलिकेसन जाने निर्णय भएको प्रवक्ता मैनालीले बताए। लकडाउन अबधिको शुल्क विद्यार्थीलाई अबिलम्ब फिर्ता गर्न माग गर्दै विज्ञप्तिमा शूल्क फिर्ता नगरिएमा निजी शैक्षिक संस्थाविरुद्ध कडा आन्दोलन गर्ने चेतावनी दिइएको छ।

विज्ञप्तिमा मन्त्री जस्तो पदको मर्यादा समेत ख्याल नगरी शिक्षामन्त्रीले संविधान र कानुनलाई चुनौति दिने गरी गरेको हर्कतको तीब्र बिरोध गर्दै विद्यार्थी संगठनले दलित आन्दोलनप्रति ऐक्यबद्धता समेत जाहेर गरेका छन्।

साथै सरकारसँग आम विद्यार्थी र शिक्षक लगायतलाई शिघ्र खोप व्यवस्था गरी शैक्षिक वातावरण तयार गर्न विज्ञप्तिमा माग गरिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .