यूईएफए युरोकपअन्तर्गत समूह चरणका खेल सकिएसँगै अन्तिम १६ टोलीको टुंगो लागेको छ।
६ समूहका विजेता र उपविजेतासहित तेस्रो स्थानमा रहेका शीर्ष ४ टोलीले अन्तिम १६ मा स्थान बनाएका छन्।
युरोकपमा नकआउट चरणका खेलहरु शनिबार रातिदेखि सुरु हुनेछ। समूह चरणबाट तेस्रो स्थानमा रहेका उत्कृष्ट ३ टोलीले पनि अन्तिम १६ मा स्थान बनाए।
समूह ‘ए’को स्विट्जरल्याण्ड, समूह ‘डी’को चेक रिपब्लिक, ‘सी’को युक्रेन र समूह ‘एफ’को पोर्चुगल तेस्रो स्थानमा रहेर पनि अन्तिम १६ मा पुगेका हुन्।
अन्तिम १६ को खेल तालिका
१२ गते शनिबार : वेल्स विरुद्ध डेनमार्क (राति ९ः४५)
१२ गते शनिबार : इटालीविरुद्ध अष्ट्रिया (राति १२ः४५ बजे)
१३ गते आइतबार : नेदरल्याण्डविरुद्ध चेक रिपब्लिक (राति ९ः४५)
१३ गते आइतबार : बेल्जियमविरुद्ध पोर्चुगल (राति १२ः४५ बजे)
१४ गते सोमबार : क्रोएसियाविरुद्ध स्पेन (राति ९ः४५)
१४ गते सोमबार सोमबार : फ्रान्सविरुद्ध स्विटजरल्याण्ड (राति १२ः४५ बजे)
१५ गते मगंलबार : इङल्याण्डविरुद्ध जर्मनी (राति ९ः४५)
१५ गते मगंलबार : स्विडेनविरुद्ध युक्रेन (राति १२ः४५ बजे)
क्वार्टरफाइनल खेल
असार १८ गते शुक्रबार – फ्रान्स/स्विटजरल्याण्डविरुद्ध क्रोएसिया/स्पेन
(राति ९:४५)
असार १८ गते शुक्रबार– बेल्जियम/पोर्चुगल विरुद्ध इटाली/अष्ट्रिया
(राति १२:४५ बजे)
असार १९ गते शनिबार– नेदरल्याण्ड/चेक रिपब्लिक विरुद्ध वेल्स/डेनमार्क
(राति ९:४५)
असार १९ गते शनिबार– स्वीडेन/युक्रेन विरुद्ध इङल्याण्ड/जर्मनी
(राति १२:४५ बजे)
सेमिफाइलन खेल
२२ गते मंगलबार– दोस्रो क्वार्टरफाइनल विजेताविरुद्ध पहिलो क्वार्टरफाइनल विजेता (राति १२:४५ बजे)
२३ गते बुधबार– चौथो क्वार्टरफाइल विजेताविरुद्ध तेस्रो क्वार्टरफाइनल विजेता (राति १२:४५ बजे)
फाइनल खेल
२७ गते आइतबार (राति १२:४५ बजे)
पहिलो सेमिफाइनल विजेताविरुद्ध दोस्रो सेमिफाइनल विजेता
प्रतिक्रिया