यूरोकपको अन्तिम १६ मा इंल्याण्ड र जर्मनी भिड्ने भएका छन्।
बुधबार राति हंगेरीलाई समूह चरणको अन्तिम खेलमा २-२ को बराबरीमा रोक्दै जर्मनीले नकआउट चरणमा इंग्ल्याण्डको भेट पक्का गरेको हो।
दुई पटक पुनरामगन गोल गर्दै जर्मनी अघिल्लो चरणमा प्रवेश गर्दा हंगेरी भने बाहिरिएको छ।
हंगेरीका अदान स्जिली र आन्द्रेस स्काफरले एक एक गोल गर्दा जर्मनीका काई हाभार्जट र लियोन गोरिट्स्काले गोल गर्दै खेल बराबरीमा ल्याएका थिए।
जितसँगै जर्मनीले समूह एफको उपविजेताका रुपमा अन्तिम १६ मा स्थान पक्का गर्यो। यस समूहबाट फ्रान्स विजेता र पोर्चुगल उत्कृष्ट तेस्रो टोली हुँदै अन्तिम १६ मा पुगेका हुन्।

प्रतिक्रिया