फ्रान्ससँग बराबरीमा रोकिएपनि पोर्चुगल यूरोकपको अन्तिम १६ मा प्रवेश गरेको छ।
दुई गोल गर्दै क्रिस्टियानो रोनाल्डोले सर्वाधिक अन्तर्राष्ट्रिय गोलसंख्या (१०९) को कीर्तिमान बराबरी गरेको खेलमा पोर्चुगलले फ्रान्सलाई २-२ गोलअन्तरको बराबरीमा रोकेको हो।
जर्मनीलाई बराबरीमा रोकेसँगै पोर्चुगल उत्कृष्ट तेस्रो टोली बन्दै अन्तिम १६ मा प्रवेश गर्यो।
रोनाल्डोले पेनाल्टीमार्फत दुई गोल गर्दै आफ्नो गोलसंख्या १०९ पुर्याएका हुन्। यसअघि इरानका अलि दाईको नाममा १०९ गोलसंख्याको विश्व कीर्तिमान थियो।
फ्रान्सका लागि करिम बेन्जेमाले दुवै गोल गरेका थिए। यस समूहबाट फ्रान्स समूह विजेता बन्दै अन्तिम १६ मा प्रवेश गर्यो।

प्रतिक्रिया