क्रिस्टियानो रोनाल्डोले सर्वाधिक बढी अन्तर्राष्ट्रिय गोल संख्याको बराबरी गरेका छन्।
बुधबार राति फ्रान्समाथि पोर्चुगलले २-२ को बराबरी खेल्दा दुवै गोल गरेका रोनाल्डले उक्त उपलब्धि हासिल गरेका हुन्।
यसअघि इरानका अली दाईको नाममा रहेको सर्वाधिक १०९ अन्तर्राष्ट्रिय गोलको कीर्तिमान रोनाल्डोले बराबरी गरेका हुन्।
अलि दाईले १९९३ देखि २००६ सम्म इरानका लागि खेल्दै उक्त कीर्तिमा राखेका थिए। रोनाल्डो भने ९० वा सो भन्दा बढी अन्तर्राष्ट्रिय गोल गर्ने अलि पछि दोस्रो खेलाडी हुन्।
३६ वर्षे रोनाल्डो जारी क्लब फुटबलका सर्वाधिक स्कोरर पनि हुन्। उनले च्याम्पियन्स लिग समेत पाँच पटक जितेका छन्।
फ्रान्सविरुद्ध २ गोल गर्दै उनी विश्वकप र यूरोकपको गोलसंख्या जोड्दा सर्वाधिक गोल गर्ने खेलाडी समेत बने। उनले १९ गोल गर्दै मिरास्लोभ क्लोजलाई पछि पारे।
गत मंगलबार हंगेरीविरुद्ध गोल गर्दै उनी यूरोपियन च्याम्पियनसिपको इतिहासमा सर्वाधिक गोल गर्ने खेलाडी समेत बनेका थिए। उनले यूरोकपमा १३ गोल गरिसकेका छन्।
यो पनि: विश्व कीर्तिमानको संघारमा ‘परिवारले नचाहेका’ क्रिस्टियानो रोनाल्डो

प्रतिक्रिया