ad ad

खेल


विश्व कीर्तिमानको संघारमा ‘परिवारले नचाहेका’ क्रिस्टियानो रोनाल्डो

विश्व कीर्तिमानको संघारमा ‘परिवारले नचाहेका’ क्रिस्टियानो रोनाल्डो

नेपालखबर
असार ९, २०७८ बुधबार ११:२,

३६ वर्षे उमेरमा असम्भव ठानिने सन्तुलित राखिएको कम्मर, सुगठित शरीर, कम्युनिस्ट नेताको मूर्तिजस्तै बलिया मांसपेसीहरु, बास्केटबलका स्टार खेलाडी झै उफ्राई, अल्ट्रा म्याराथन धावकको जस्तै मुटु र बायाब्यान्ड गायकको जस्तै हेराइ।

क्रिस्टियानो रोनाल्डोले शरीरका माध्यमबाट आफ्नो परिचय दिने गर्छन्। जुन उनले व्यक्तिगत मिहिनेतमा तयार पारेको सम्पत्ति हो।

भगवानले उनको फुटबल प्रतिद्वन्द्वी लियोनल मेस्सीलाई बनायो तर रोनाल्डो यस उमेरमा पनि आफैँलाई फिट राख्नमा गर्व गर्छन्।

यिनै रोनाल्डोलाई बुधबार नयाँ कोशेढुंगा पार गर्ने अवसर हुनेछ, जब उनी पोर्चुगलको नेतृत्व गर्दै फ्रान्सको सामना गर्नेछन्।

रोनाल्डोको नाममा अहिले १७७ अन्तर्राष्ट्रिय खेलमा १०७ गोल छन्। उनी सबैभन्दा बढी गोल गर्ने अन्तर्राष्ट्रिय गोल गर्ने इरानका अली दाईभन्दा दुई गोलले मात्रै पछि छन्।

फ्रान्ससँग दुई गोल गर्दै रोनाल्डोलाई उक्त कीर्तिमान बराबरी गर्ने अवसर छ। युरोकपमा थप दुई खेल खेल्न पाए रोनाल्डोले अली दाईको १०९ गोलको कीर्तिमान भंग गर्ने धेरैले अनुमान गरेका छन्।

तर त्यसका लागि बुधबार राति विश्वविजेता फ्रान्सविरुद्ध पोर्चुगललाई अब्बल तुल्याउने जिम्मेवारी उनका काँधमा हुनेछ।

Cristiano Ronaldo stuns everyone by sprinting for 60 metres in just seven  seconds at age of 36 – WATCH | Football News | Zee News

मदिरियन टापुमा एक गरिब परिवारमा रोनाल्डोको जन्म भएको थियो। त्यस गरिबीको परिधिभित्र उनको परिवार निकै कष्ट झेलिरहेको थियो।

परिवारका उनीअघि तीन सन्तान थिए। सोही कारण उनकी आमा गर्भपतन गराउन चाहन्थिन्। तर १९८५ मा पोर्चुगलको कानुनले त्यसको अनुमति दिएन। जसकारण रोनाल्डोले संसार देख्न पाए। अंगोलन युद्धका अनुभवी उनका बुबा दिनभर मदिरामा टिल भएर बस्थे।

यिनै गर्भपतन गराउन खोजिएका रोनाल्डोले आफ्नो अस्तित्वको लडाइँका लागि बच्चैदेखि संघर्ष गर्नुपर्यो। उनको लवजका कारण लिस्बनको स्पोर्टिङ एकेडेमीमा उनलाई जिस्क्याइन्थ्यो।

१८ वर्षको उमेरमा यही प्रतिभावान् बालक इंग्ल्याण्डकाे चर्चित क्लब म्यानचेस्टर युनाइडेटसँग अनुबन्धित भए। २००४ मा उनले पहिलोपल्ट युरोकप खेलेका थिए।

त्यसबेला पोर्चुगल फाइनलमा पराजित भए पनि रोनाल्डोले आफूलाई भने अझै अब्बल बनाइरहेका थिए।

आफ्नो खेलको विश्लेषण गर्ने क्षमतायुक्त रोनाल्डोले आफ्नो बलियो पक्ष खुट्याइसकेका थिए। त्यो उनको स्टेप ओभर (बल नछोइकन खुट्टाले विपक्षीलाई झुक्याउने कला) हो। जसले उनलाई विश्वकै सर्वोश्रेष्ठ खेलाडी बनायो।

त्यसबाहेक उनीसँग उत्कृष्ट दौडिने, ट्याकल गर्ने, फ्रिकिक प्रहार गर्ने क्षमता थिएन। तर स्टेप ओभर आफ्नो बलियो पक्ष रहेको बुझेका उनले दैनिक रूपमा त्यसको अभ्यास गर्दै आफूलाई तिखार्थे।

Tottenham 3-1 Real Madrid: match report | Cristoano ronaldo, Ronaldo,  Cristiano ronaldo

सुरुवातमा पातलो शरीरका रोनाल्डोलाई कसैले पनि यति लामो करिअरमा अघि बढ्लान् भन्ने सोचेकै थिएनन।

तर उनी ४५ सेकेन्डमा १४२ सेटअप (व्यायाम) गर्थे, छुट्टीका दिन पनि व्यायाम गर्दै उनले आफ्नो शरीरलाई कसिलो र लोभलाग्दो बनाए।

पोर्चुगल इन्स्टिच्युट फर इन्टरनेसनल रिलेसन एण्ड सेक्युरिटीकी एक राजनैतिक वैज्ञानिक राकेल वाज–पिन्टो भन्छिन्, ‘आर्थिक संकटबाट पोर्चुगल छाड्नेहरुका लागि रोनाल्डो रोल मोडल बनेका छन्। यदि तपाईंसँग प्रतिभा, महत्त्वाकांक्षा छ र तपाईं त्याग गर्न सक्नुहुन्छ भने तपाईं सफल बन्नुहुन्छ भन्ने उदाहरण रोनाल्डोले प्रस्तुत गरेका छन्।’

बायाँ घुँडामा लागेको चोटका कारण २०१४ मा रोनाल्डोको करिअर दाउमा लागेको थियो। त्यसबेला उनले अलराउण्डरबाट आफूलाई स्कोरिङ सेन्टर फरवार्डमा बदल्दै चतुर्याइँ देखाए।

त्यसपछि रोनाल्डो गोलअघि एक प्रहार गर्छन्। त्यसबाहेक बलको जिम्मेवारी भने आफ्ना साथीहरुलाई छोडिदिन्छन्।

युरो २०१६ मा रोनाल्डोले पोर्चुगललाई पहिलोपटक कुनै मुख्य प्रतियोगिताको फाइनलमा पुर्याएका थिए। तर विडम्बना फाइनलमा रोनाल्डो २५औँ मिनेटमा घाइते हुँदै मैदान छाड्नुपर्यो।

तर उनी चुपचाप बेन्चमा बसेनन्। यसरी सक्रिय थिए कि टचलाइनमा रहेका प्रशिक्षक नै उनका अघि फिक्का देखिए।

पोर्चुगलले फ्रान्सलाई हराउँदै उपाधि पनि जित्यो। उक्त ट्रफीलाई रोनाल्डोले आफ्नो करिअरकै यादगार क्षणका रुपमा चित्रित गर्ने गर्छन्।

वर्षेनी विश्वको सर्वोत्कृष्ट खेलाडीलाई दिइने बालोन डि’ओर अवार्ड रोनाल्डोले ५ पटक जितेका छन। मेस्सीले उनीभन्दा एक बढी अर्थात् ६ चोटि यो प्रतिष्ठित अवार्ड हात पारेका छन्।

तर यी दुई खेलाडीमा को महान् भन्ने बहस सधैँ छेडिएको हुन्छ। दुवै खेलाडीमा कुनै प्रतिभाको कमी छैन। दुवै जना फुटबलका महान् खेलाडी हुन् भन्नेमा कसैको दुईमत छैन।

रोनाल्डो मान्छन् हरेक हार व्यक्तिगत अपमान हो। हरेक साथीको विफलताले उनलाई दुःखी तुल्याउँछ। उनी मैदान बाहिर पनि उत्तिकै परिपक्व छन्।

उनले आफ्ना भाइ ह्युगोलाई लागूऔषधबाट मुक्ति दिलाउन सघाएका थिए। उनी कराडौँ रुपैयाँ च्यारिटीमा दिने गर्छन्।

उनका चारमध्ये तीन सन्तान सेरोगेट आमाबाट जन्मिएका हुन्। जसको पालनपोषणमा उनी स्वयं सामेल छन्।

साथीहरुभन्दा बढी समय उनी परिवारलाई दिन्छन्। उनका १४८ मिलियन फेसबुक फलोअर छन्। त्यसले उनलाई संसारमै सबैभन्दा बढी पछ्याइने व्यक्ति बनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .