समाज


२ हजार ४२१ संक्रमित थपिए, ८१ जनाको मृत्यु

२ हजार ४२१ संक्रमित थपिए, ८१ जनाको मृत्यु

नेपालखबर
असार ९, २०७८ बुधबार १०:५९,

गएको २४ घण्टामा नेपालमा २ हजार ४२१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

१२ हजार ४१४ जनाको परीक्षण गर्दा सो संख्यामा संक्रमित फेला परेका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

 आज ३ हजार ५५८ जना संक्रमणमुक्त भएका छन्।

यो अवधिमा ५२ जनाको ज्यान गएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। यस्तै, विभिन्न समयमा ज्यान गुमाएका २९ जनासहित ८१ जनाको शव व्यवस्थापन गरिएको मन्त्रालयले जनाएको छ। यो सहित कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ८ हजार ८९४ पुगेको छ।

काठमाडौं उपत्यकामा आज ४९७ जना संक्रमित थपिएका छन्। जसमा काठमाडौंमा ३४६, ललितपुरमा ९४ र भक्तपुरमा ५७ जना रहेका छन्।

हिजो नेपालमा ४ हजार ५२२ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो भने ४ हजार ९५४ जना संक्रमणमुक्त भएका थिए।
यस्तै, ४१ जनाको ज्यान गएको थियो।

काठमाडौं उपत्यकामा हिजो ४७६ जना संक्रमित थपिएका थिए जसमा काठमाडौंमा ३१०, ललितपुरमा ९९ र भक्तपुरमा ६७ जना रहेका थिए।

आजसम्म देशभर ६ लाख ५६ हजार ८९१ जनामा संक्रमण पुष्टि भएको छ भने ५ लाख ६८ हजार ४४० जना संक्रमणमुक्त भएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad