खेल


युरोकपमा आज समूह ‘डी’का दुई खेल : यस्ता छन् ४ टाेली

युरोकपमा आज समूह ‘डी’का दुई खेल : यस्ता छन् ४ टाेली

नेपालखबर
असार ८, २०७८ मंगलबार ८:३३,

यूईएफए युरोकप फुटबलमा मगंलबार समूह ‘डी’को अन्तिम चरणका दुई खेल हुँदै छन्।

आज राति चेक रिपब्लिकले इङल्याण्डसँग र क्रोएसियाले स्कटल्यान्डसँग खेल्नेछन्।

लन्डनको वेम्बली स्टेडियममा मध्यराति राति पौने १ बजे हुने खेलमा दुवै टोली जित निकाल्दै समूह विजेताको रुपमा अघिल्लो चरण पुग्न चाहन्छन्।

चेक रिपब्लिक ४ अंकमा समूह ‘डी’को शीर्ष स्थानमा रहेर यसअघि नै अन्तिम १६ मा पुगिसकेको छ।

समान ४ अंक भएको इङल्याण्ड दोस्रो स्थनामा छ, आजको खेलमा बराबरीले मात्रै पनि दुवै टोली अघिल्लो चरण पुग्नेछन्।

चेक रिपब्लिक र इङल्याण्ड हालसम्म ४ पटक मात्रै भेट भएका छन्। यी भेटमा इङल्याण्डले २ खेलम जित निकाल्दा एक खेलमा हार र एक खेलमा बराबरीको नतिजा आएको छ।

सन् २०१९ मा भएको युरोकपमा भएको भेटमा पहिलो भेटमा इङल्याण्डले ५–० ले जित निकालेको थियो। अर्को खेलमा भने चेक रिपब्लिकले २–१ ले इङल्याण्डलाई हराएको थियो।

CROATIAVSSCOTLAND

क्रोएसिया र स्कटल्यान्ड
समूह ‘डी’को अंक तालिकामा तेस्रो र चौथो स्थानमा रहेका क्रोएसिया र स्कटल्याण्ड जित निकाल्दै अघिल्लो चरण पुग्ने सम्भावना जीवित राख्न चाहन्छन्।

यो खेल पनि राति पौने १ बजे नै हुनेछ।

बराबरीले पनि दुवै टोलीको अघिल्लो चरण पुग्ने सम्भावना सकिनेछ। आजको खेलमा जित निकालेर मात्रै पनि यो टोलीलाई सहज भने छैन। गोल अन्तरले पनि धेरै फरक पार्नेछ।

युरोकपमा पहिलो पटक भिड्नलागेका यी टोली जितकै लागि मैदान उत्रिनेछन्। यी दुई टोली हालसम्म ५ पटक भेट भएका छन्।

पाँच भेटमा क्रोएसियाले जित निकाल्नसकेको छैन। पाँच भेटमा ३ खेल बराबरीमा सकिएको छ भने दुई खेलमा स्कटल्यान्ड विजयी भएको छ।

स्कटल्याण्ड र क्रोएसिया सन् २०१३ पछि पहिलोपटक भेट भएका हुन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad