खेल


पहिलो हाफमा जोर्डनविरुद्ध अर्जेन्टिनालाई २-० को अग्रता

पहिलो हाफमा जोर्डनविरुद्ध अर्जेन्टिनालाई २-० को अग्रता

नेपालखबर
असार १४, २०८३ आइतबार ८:४५, काठमाडौँ

फिफा विश्वकप-२०२६ को हाल जारी समूह ‘जे’ खेलको पहिलो हाफ सकिँदा अर्जेन्टिनाले जोर्डनविरुद्ध अग्रता बनाएको छ। 

पहिलो हाफमा जोर्डन गोलविहीन हुँदा अर्जेन्टिनाले २ गोल गरेर खेललाई आफ्नो पक्षमा पारेको हो। 

अर्जेन्टिनाका लागि खेलको १९ औँ मिनेटमा लो क्लेसो र ३१ औँ मिनेटमा लौटारो मार्टिनेजले १-१ गोल गरे। 

आजको खेलमा अर्जेन्टिनी कप्तान लियोनल मेसी मैदानमा छैनन्। 

अर्जेन्टिनाले समूह चरणका दुई खेल लगातार जित्दै यसअघि नै अन्तिम ३२ मा स्थान सुरक्षित गरिसकेको छ। 

जारी विश्वकपमा यसअघि गरेका ५ गोल सबै मेसीका नाउँमा छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad