ad ad

खेल


हंगेरीका पहिला दुई खेलमा जातीय र लैंगिक विभेदका घटनाबारे अनुसन्धान गर्दै यूईएफए

हंगेरीका पहिला दुई खेलमा जातीय र लैंगिक विभेदका घटनाबारे अनुसन्धान गर्दै यूईएफए

नेपालखबर
असार ७, २०७८ सोमबार ७:१७,

द युनियन अफ युरोपियन फुटबल एसोसिएसन (यूईएफए)ले जारी युरोकपका दौडान हंगेरीको खेलमा घृणा र जातीय विभेदको घटनाबारे अनुसन्धान गर्ने भएको छ।

स्काई स्पोर्ट्सका अनुसार पोर्चुगलसँग हंगेरीले हार भोग्दै गर्दा समलैंगिक समुदायप्रति घृणा झल्काउने ब्यानर देखिएको भन्दै विभेदविरुद्ध वकालत गर्ने सम फेयरले यूईएफएमा उजुरी गरेको छ।

त्यस्तै, शनिबार बुडापेस्टमा फ्रान्ससँगको खेलका बेला पनि ‘मंकी चान्ट’ (असभ्य गीत) हरु सुनिएको फेयरले जनाएको छ।

यूईएफएले जारी युरोकपमा हंगेरीको पहिलो दुई खेलमा सम्भावित विभेदको घटनाबारे अनुसन्धान गरिरहेको जनाएको छ।

हंगेरीको संसदबाट भर्खरै समलिंगी समूहविरुद्धका विभेदकारी कानुनहरु पारित भएको बताइएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .