ad ad

राजनीति


उपप्रधानमन्त्री राजेन्द्र महतोलाई प्रवेश निषेध भन्दै सिंहदरबार गेटमै सूचना

उपप्रधानमन्त्री राजेन्द्र महतोलाई प्रवेश निषेध भन्दै सिंहदरबार गेटमै सूचना

नेपालखबर
असार ७, २०७८ सोमबार ७:१,

नयाँ पार्टी नेपालले उपप्रधानमन्त्री राजेन्द्र महतोलाई सिंहदरबार प्रवेशमा रोक लगाउनुपर्ने दाबी गर्दै सिंहदरबारको गेटमै सूचना टाँसेको छ।

सहरी विकास मन्त्रालयमा पुगेर मन्त्री महतोको नेमप्लेट नै निकाल्ने योजना बनाएका उनीहरुलाई प्रहरीले प्रवेशमा रोक लगाएपछि गेटमा सूचना टाँसेर हिडेका थिए।

महतोलाई भारतीय भएको आरोप लगाउँदै नयाँ पार्टीले ७ दिनभित्रमा नेपाली हुँ भन्ने प्रमाण सार्वजनिक गर्नुपर्ने दाबी गरेको छ।

तर महतोले नेपाली भएको भनी प्रष्ट नपारेको भन्दै सिंहदरबार प्रवेशमा रोक लगाएको उक्त पार्टीको विज्ञप्तिमा उल्लेख छ।

सो पार्टीका वरिष्ठ उपाध्यक्ष एवं प्रवक्ता युवराज सफलले आफूहरुले महतोलाई देशैभरबाट बहिस्कार अभियान सुरु गर्ने बताए।

राजेन्द्र महतोले उपप्रधानमन्त्रीमा पदभार ग्रहण गरेलगतै नेपाललाई बहुराष्ट्रिय राज्य बनाउने अभिव्यक्ति दिएपछि त्यसको चौतर्फी विरोध भएको थियो।

त्यसपछि नयाँ पार्टी नेपालले पनि उनीविरुद्ध विरोध चर्काएको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .