टर्कीलाई आइतबार राति ३–१ गोलअन्तरले हराउँदै स्विट्जरल्यान्डले युरोकपको अन्तिम १६ मा स्थान बनाउने सम्भावना जीवितै राखेको छ।
जितसँगै स्विट्जरल्यान्डको समूहमा उत्कृष्ट तेस्रो टोली बन्दै अघि बढ्ने ढोका खुलेको हो भने टर्की भने सबै खेलमा हार बेहोर्दै बाहिरिएको छ।
गर या मरको स्थितिमा रहेको स्विट्जरल्यान्डका लागि जेर्डन साकिरीले २ तथा हरिस सिफिरोभिकले १ गोल गरे। टर्कीका इर्फान क्यान काभिकीले १ गोल फर्काए।
अब अघिल्लो चरण प्रवेश पक्का गर्न स्विटरल्यान्ड अरू सबै समूहका खेलमा फर्कनुपर्नेछ। बुधबार रातिसम्म युरोकपका समूहका खेल हुनेछन्।
प्रतिक्रिया