यूईएफए युरोपियन च्याम्पियनसिपअन्तर्गत समूह ‘एफ’को दोस्रो चरणको पहिलो खेलमा फ्रान्स र हंगेरीले बराबरी गर्दै अंक बाँडेका छन्।
हंगेरीको घरेलु मैदान पुस्कास एरिना बुडापेस्टमा भएको खेलमा दुवै टोलीले १–१ गोलको बराबरी गर्दै अंक बाँडेका हुन्।
बराबरीसँगै ४ अंक जोडेको फ्रान्स समूह एफको अंक तालिकाको शीर्ष स्थानमा छ।
फ्रान्ससँग अंक बाँडेको हंगेरी १ अंकमा तेस्रो स्थानमा छ। ३ अंक भएको पोर्चुगल दोस्रो र अंकविहीन जर्मनी तालिकाको पुछारमा छ।
हंगेरीले पहिलो हाफको अतिरिक्त समयमा डिफेन्डर एटिला फिओलाको गोलमा अग्रता बनाएको थियो।
हंगेरी दोस्रो हाफमा सम्हालिन नसक्दा फ्रान्ससँग अंक बाड्न बाध्य भयो। फ्रान्सले खेलको ६६ औँ मिनेटमा एन्टोनी ग्रिजम्यानको गोलमा बराबरी गोल फर्कायो।
फ्रान्सले समुह चरणको पहिलो खेलमा जर्मनीलाई १–० ले हराएको थियो। यता हंगेरी भने पोर्चुगलसँग ३–० ले पराजित भएको थियो।
Shares
प्रतिक्रिया