आयोजक ब्राजिलले कोपा अमेरिका २०२१ मा विजय सुरुवात गरेको छ। समूह चरणको पहिलो खेलमा साबिक विजेता ब्राजिलले भेनेजुएलालाई ३–० गोल अन्तरले पराजित गरेको हो।
खेलको २३ औँ मिनेटमा मार्किन्हसले गोल गर्दै घरेलु टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए। पहिलो हाफमा १–० ले अग्रता बनाएको ब्राजिलले दोस्रो हाफमा दुइ गोल थप्यो। खेलको ६४ औँ मिनेटमा नेयमारले पेनाल्टीमा गोल गर्दै अग्रता दोब्बर पारे।
खेलको अन्तिम समयमा नेयमारको पासमा ग्याब्रिएल बार्बोसाले गोल गरेपछि ब्राजिलले सहज जित निकालेको हो।
यता कोरोना सक्रमणका कारण भेनेजुयलाका ८ खेलाडी गुमाउने भएपछि टोली केही कमजोर देखिएको थियो। यद्यपी खेलमा ३८ प्रतिशत बल पोजेसन राख्न ब्राजिल सफल भएको थियो।
जितसँगै समूह ‘बी’ मा रहेको ब्राजिलले ३ अंक जोडेको छ।
सोमबार बिहान भएको समूह ‘बी’ को खेलमा कोलम्बियाले इक्वेडरलाई १–० ले पराजित गर्दै कोपा अमेरिकामा विजयी सुरुवात गरेको छ। खेलको ४२ औँ मिनेटमा इडविन कार्डोनाले गरेको गोल र्नै कोलम्बियाका लागि निर्णायक बन्यो।
प्रतिक्रिया