युरोपेली च्याम्पियनसिप अन्तर्गत समूह ‘सी’ को रोमान्चक खेलमा नेदरल्यान्ड्सले युक्रेनलाई पराजित गरेको छ।
नेदरल्याण्डस्को घरेलु मैदानमा भएको खेलमा युक्रेनले दुई गोलले पछि परेको स्थिति उल्टाउँदै खेललाई बराबरीमा ल्याएपनि हार टार्न भने सकेन।
पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा सबै गोल दोस्रो हाफमा सम्भव भयो।
खेलको ५२ औँ मिनेटमा कप्तान वाइनाल्डमले गोल गर्दै घरेलु टोलीलाई सुरुावती अग्रता दिलाएका थिए। ५८ औँ मिनेटमा वोट वेघस्र्टले गोल गर्दै अग्रता दोब्बर पारे।
खेलको ७५ औं मिनेटमा युक्रेनका कप्तान आन्द्रे यार्मलेंकोले गोल गर्दै खेललाई २–१ मा ल्याए। त्यसको ४ मिनेटमा नै यारेम्चुकले गोल गर्दै खेललाई २–२ को बराबरीमा ल्याए।
खेलको ८५ औँ मिनेटमा डेन्जेल डमफ्रिजले गोल गर्दै खेललाई ३–१ को स्थितीमा ल्याए। त्यसपछि थप गोल हुन नसक्दा घरेलु टोलीले युरोकपमा विजयी सुरुवात गरेको छ। जितसँगै नेदरल्यान्ड्सले समूह ‘सी’ मा ३ अंक जोडेको छ।
प्रतिक्रिया