समाज


काठमाडौं महानगरमा आजदेखि भेरोसेल खोप लगाइँदै, कसले कहाँ गएर लगाउने?

काठमाडौं महानगरमा आजदेखि भेरोसेल खोप लगाइँदै, कसले कहाँ गएर लगाउने?

नेपालखबर
जेठ ३१, २०७८ सोमबार ३:५४,

काठमाडौं महानगरपालिकामा कोरोनाविरुद्धको चिनियाँ खोप भेरोसेल खोपको पहिलो मात्रा लगाउन छुटेकाहरूका लागि आज सोमबारदेखि खोप अभियान सञ्चालन गरिने भएको छ।

महानगरपालिकाका अनुसार भेरोसेलको पहिलो मात्रा लगाउन छुटेका खासगरी ६० र ६१ वर्ष उमेरका नागरिकलाई लक्ष्य गरी खोप अभियान सञ्चालन गर्न लागिएको हो।

तर यस क्रममा यसअघि भेरोसेलको पहिलो मात्रा लगाएका व्यक्ति, स्वास्थ्यकर्मी, कोरोना संक्रमितको जाँच, उपचार र हेरचाहमा संलग्न चिकित्सक, नर्स र प्यारामेडिक विद्यार्थी स्वास्थ्यकर्मीले पनि खोप लगाउन पाउनेछन्।

महानगरपालिकाको सहरी स्वास्थ्य तथा खाद्य पदार्थ नियमन विभागका प्रमुख हरिबहादुर कुँवरका अनुसार खोप वीर अस्पताल, त्रिवि शिक्षण अस्पताल, वीरेन्द्र सैनिक अस्पताल र निजामती कर्मचारी अस्पताल गएर लगाउन सकिनेछ।

खोप बिहान १० देखि दिउँसो ४ बजेसम्म लगाउन पाइने महानगरपालिकाले जनाएको छ।

हेर्नुहोस्, खोप लगाउनेबारे सूचना :

ktm verosellaaja

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad